कविता : अस्तित्व

-कपिल अधिकारी / ताइपेइ , ताइवान

थोपा
टिल पिलाउँछ
अभिमानी, स्वाभिमानी
चल्छ
तलमाथि
दायाँबायाँ
बेड नं ५ सि० ८
एनटियु अस्पताल
उछिट्टिएर आएको थोपा
कुन छेउबाट फुटेर
कसरि पो बगेर
कुन भुइँमा बिलाउँछ
अस्ताउँछ अस्तित्व
आकारबाट निराकारमा
मुक्ति हो कि बिलय  |

 

यात्रीहरु आउँछन्
जान्छन
उ माथि कतिले टेके , टेक्छन
न कुनै बेदना
न आक्रोस
के उ निर्बाण भै सक्यो ?

 

यो उसको अन्तिम मिलन बिन्दु
कसैलाइ आभास नै  हुन्न
त्यहाँ एउटा थोपा थियो
पानीको
अथवा
पानी जस्तै
एक अभिमानी

पानीको जात र थर हुन्न सम्झिन |

तपाइँको प्रतिक्रिया