तलब घटाउन माग गर्दै क्यानडाका सयौं डाक्टर हडतालमा

प्राय : कर्मचारीहरुले तलब र सेवा सुविधा कम भएकाले ब्रिद्दि हुनुपर्ने माग गर्दै हडताल गरेको सुनिन्छ । तर क्यानडाका डाक्टरहरुले भने आफ्नो तलब बढि भएकाले घटाउन माग गर्दै आन्दोलन थालेका छन् । क्यानडाको क्युबेकमा कार्यरत डाक्टरहरुले यस्तो हडताल गरेका हुन् ।

बुधबार क्युबेकमा डाक्टर, प्रशिक्षार्थी डाक्टर र अन्य आवाशिय चिकित्सकहरुमध्ये करिब सात सय जनाले तलब घटाउने माग गर्दै हडताल शुरु गरेका हुन् । क्यानडाको सरकारले तलब ब्रिद्दि गरेपछि सरकारले बढाएको तलब नुचित भन्दै यथा स्थितिमै रकह्नुपर्नेपर्ने माग गर्दै हडताल शुरु गरेका थिए ।

मेडेसाँ क्युबेक्वा पोर ल रेजिम भन्ने संस्थाका कर्मचारीले फर्वरी २५ मै तलब घटाउनुपर्ने माग राखेर हस्ताक्षर चलाएका थिए । यो समूहमा डाक्टर र वकिलहरु संलग्न छन् । तर बढाएको तलब नघटाएपछि अहिले हडताल शुरु गरेका हुन् ।

‘हामी क्य्बेकका डाक्टर र यो समूहका कर्मचारीहरु बलियो सामाजिक चिकित्सकिय सेवामा विश्वास गर्छौं । त्यसैले बढाइएको तलब घटाउनुपर्छ ‘ हस्ताक्षर अभियानमा उल्लेख छ ।

संवन्धित निकायले बिरामीको सेवा र सुबिधा केहि समयदेखि घटाएको र चिकित्सकिय सेवामा काम गर्ने नर्स लगायतका कर्मचारीहरुले तलब लगायत अन्य विषयमा कठिनतापूर्वक काम गरिरहेकाले आफूहरुको मात्रै तलब ब्रिद्दि गर्नु उपयुक्त नभएको बताएर हडताल गरेका हुन् ।

नर्सहरुको संस्थाले क्यानेडी अधिकारीहरुलाई नर्सहरुको संख्या बढाउनुपर्ने माग राखेको छ । नर्सहरुको संख्या नबढाएमा बिरामीको बढ्दो चापलाई उपयुक्त मात्रामा सेवा पुर्‍याउन नसकिने भन्दै नर्सहरुको संख्या बढाउन माग गरेको हो । उनीहरुले चितित्सकिय क्षेत्रमा काम गर्नेको अवस्था सुधार गर्नपनि माग गरेको छ ।

अहियौं क्यानडामा एक जना नर्सले ७० जनासम्म बिरामीलाई हेर्नुपर्ने बाध्यता रहेको, काम अनुसारको तलब र सुबिधा नभएको, रात्रिकालिन सेवामा खटिने नर्सहरुकालागि सुबिधा राम्रो नपुगेको र धेरै बिरामीलाई सेवा गर्दा तनाबमा परेर नर्सहरुको स्वास्थय र मानसिकतामा गम्भिर असर पर्न सक्ने देखिएको बताएका छन् ।

तपाइँको प्रतिक्रिया