त्यो जिन्दगानी
अनुकुल प्रकाश, चितवन
सम्झनामा आउँछ त्यो जानि-नजानी
चन्चल त्यो बच्पन त्यो जिन्दगानी
..
आमा हुन धर्ती मेरी मायाँकी खानी
सहन्थिन् मलाई कतै झर्को नमानी
घनघोर अटेरी ,त्यो छुक्छुके बानी
चन्चल त्यो बच्पन त्यो जिन्दगानी
..
साथी साथी विचको त्यो तानातानी
त्यो रातो माटो त्यो वर्षाको पानी
मस्तिमै डुबेको त्यो हाम्रो परानी
चन्चल त्यो बच्पन त्यो जिन्दगानी
..
खेल्दथिन् म संगै पल्लाघरकी सानी
म बन्थेँ राजा उनी बन्थिन रानी
विते ति पलहरु भै ‘गए विरानी
चन्चल त्यो बच्पन त्यो जिन्दगानी
..
सक्छौ त कोही!!फर्काउ ति काहानी
त्यो दाइँको पराल त्यो मनमौजी रवानी
आमाको स्पर्श त्यो काखको शिरानी
चन्चल त्यो बच्पन त्यो जिन्दगानी
..
सम्झनामा आउँछ त्यो जानि-नजानी
चन्चल त्यो बच्पन त्यो जिन्दगानी





