गजल

-नेपोलियन मरहट्टा-  

 

nepolian-marahatta-chitwan11

मुर्दाहरु बौरिएर सत्ता लिन थालेपनि,

 

हर्ष कतै देख्दिन म राजतन्त्र ढालेपनि ।

 

 

यही देशमा मात्रै देखेँ अचम्मको गणतन्त्र,

 

ओईलाउँदै गयो बोट जती पानी हालेपनि ।

 

 

जस्ले सत्ता लिए पनि राष्ट्रियता धुजा-धुजा,

 

नढाकीने रैछ लाज हजार ठाउँ टालेपनि ।

 

 

सत्यकुरा तितो हुन्छ, भन्थ्यो यस्ले भन्नुहोला,

 

जस्तो अरु कुलंघार, त्यस्तै हो एमालेपनि ।

 

 

गाँस काटी खुवाएर कती गल्ती गर्छौ जन्ता ?

 

बौलाएरै जान्छन् तिम्ले जती कुकुर पालेपनी ।

 

[email protected]

                                    

तपाइँको प्रतिक्रिया