कवी माधव घिमिरेलाई सेनाको रथी, सम्मान कि अपमान ?

एउटा कवी र सेनाको के नातो हुन्छ ? सरकारले राष्ट्रकवी माधव घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी सम्मान प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको बैठकलेनै यस्तो निर्णय गरेको हो । एउटा कवीलाई सेनाको यो सम्मान दिएर कवी घिमिरेलाई साँच्चै सम्मान भयो कि भएन ?

सेना भनेको कठोर निर्णय गर्नुपर्ने पद हो । सेनाको कामनै युद्द, अशान्ति, झैझगडा, आक्रोश र यस्तै विषयसित संवन्धित हुन्छ । उता कोमल ह्रिदयका धनी हुन्छन् कवी भनिन्छ । त्यसैले कवी ह्रिदय भन्ने गरिन्छ । कोमल ह्रिदयका धनी कवीको कठोर ह्रिदय बनाउनुपर्ने सैन्य क्षेत्रसित के नातो, के निकटता हुन्छ ? कवीहरुको कुनै संवन्ध, नातो, निकटता नभएको क्षेत्र हो सैन्य क्षेत्र । यस्तो असंवन्धित क्षेत्रसित कवीलाई जोडेर सम्मानित पद दिनु कति उचित होला ?

माधव घिमिरे यसैपनि राष्ट्रकवी । उनलाई मान र सम्मानको के खडेरी ? के लोभ ? उनले धेरै मान र सम्मान पाएका छन् । यसो भन्दैमा अब सम्मान पुग्यो, अब दिईनुहुन्न, पर्दैन भन्न खोजिएको पक्कै होइन । उनको कर्म र योगदान हेरेर जति सम्मान दिएपनि हुन्छ । दिनुपर्छ । तर के त्यो सम्मान उनको चासो, क्षेत्र, लगाव, रुची, योगदान वा कुनै न कुनै बहवनासित मेल खानु पर्दैन ?

कवी, लेखक, साहित्यकारहरुको योगदानको कदरनै गर्ने हो भने तिनलाई आफ्नै विषय, रुची र योगदानको क्षेत्र हेरेर गर्दा के हुन्छ ? माधव घिमिरेलाई सैन्य क्षेत्रको सम्मान दिएर के सन्देश दिन खोजिएको हो ? सैन्य क्षेत्रको सम्मान त बिरताको गाथा कोरेका, जोखिममा खटेका, देश र जनताकोलागि लडेर भिडेर योगदान गरेका, शाक्ति क्षेत्रमा खट्दाखट्दै ज्यान दिएका ब्यक्तिका नाममा समर्पण गरे पो वास्तबिक सम्मान हुँदो हो । कवी माधव घिमिरेलाइ साहित्य, लेखन, बौद्दिक सम्पत्तीसित संवन्धित कुनै सम्मान दिए पो वास्तविक सम्मान हुँदो हो । सुन्ने, देख्ने र लिनेलाईपनि उचित लाग्दो हो । अपमान त यो पक्कै होइन । तर यस्तो सम्मानपनि उति उचित होइन की ?

तपाइँको प्रतिक्रिया