संसदमा महिला सहभागिता बढाउँदा फ्रान्सेली राष्ट्रपति सफल र लोकप्रिय

फ्रान्सका युवा राष्ट्रपती मानुयल माक्ख्रों सोचियजति लोकप्रिय हुन सकेका त छैन तर उनी अघिल्ला राष्ट्रपतीहरु झैं निर्वाचनपछी बदनाम भैहालेकापनि छैनन् । त्यसको ए उटा कारण मध्ये फ्रान्सेली संसदमा महिला सांसदहरुको संख्या बढाउनुपनि हो । उनको निर्वाचनकालमा एक्कासी महिला सांसदहरुको संख्या व्हात्तै बढाईयो ।

अहिले राष्ट्रिय सभामा भएको ५७७ पद मध्ये महिला सांसदहरुको संख्या २२३ छ । यस अघिको निर्वाचनमा महिलाहरुको उपस्थिति जम्मा १५५ थियो ।  राजनितिक तथ्यांकमा संसदमा महिलाहरुको उपस्थिति विश्वस्तरमा नाप्दा फ्रान्सको ६४ औं थियो । अहिले त्यसबाट एक्कासि १७ औं स्थानमा पुगेको छ । युरोपमा छैठौं स्थानमा आइपुगेको छ फ्रान्स । हाल फ्रान्सले संसदमा महिला सहभागितामा जर्मनी र बेलायतलाईपनि उछिनेको छ । निर्वाचनका बेला माख्रोको पार्टीमा कार्यकारी अध्यक्षपनि महिला थिईन्, क्याथरिन बारबारु । यसलेपनि महिलाहरुको सहभागिता र मतदातामा आकर्षण बढाएको भन्ने चर्चा हुन्छ ।

यस अघि फ्रान्समा सन् २०१२ मा निर्वाचन भएको थियो । त्यो बेला फँस्वा होलन्द राष्ट्रपती चुनिएका थिए । त्यतिबेला राष्ट्रिय सभामा महिला प्रतिनिधीको संख्या जम्मा २६ प्रतिशत थियो । माख्रोको कार्यकालमा ३९ प्रतिशत पुगेको छ । महिला सहभागितामा भएको यो ब्रिद्दीलाई अचानक, अकस्मात र नाटकिय रुपका रुपमा हेर्नेहरुपनि धेरै छन् । फ्रान्सले लिएको महिला सांसद संख्या बढाउने यो नितिले युरोपका अन्य देशका राजनितिक दल, नेता र महिलाहरुमापनि निकै ठूलो प्रभाव परेको चर्चा हुन थालेको छ ।

बैंकिङ क्षेत्रका हस्ती राष्ट्रपती एमानुयल माख्रोंको पार्टी रिपब्लिक अन द मुभ (एल आर ई एम) ले निर्वाचनका क्रममा नितिनै अन्य दलहरुले भन्दा बदल्यो । उसले संसदमा महिला सदस्यहरुको संख्या पुरुष बराबर बनाउने निति लियो । केहि आलोचना भएपनि यसलेपनि माख्रोंलाई शुरुदेखिनै निर्वाचनका क्रममा लोकप्रिय बनाउन सहयोग मिल्यो । ४२८ उमेदवार मध्ये माख्रोंले महिला र पुरुष उमेदवारको संख्या आधा आधा बनाउने निति लिए । निर्वाचनमा उनको पार्टीले ३०८ सित जित्यो । ४७ प्रतिशत सांसद महिला चुनिए । यति धेरै महिला सांसद चुनिएको अन्य कुनैपनि दलमा छैन । महिलाहरुलाई पचास प्रतिशत स्थान दिने माख्रोंको नितिले देशभरि उनको पर्टीको लोकप्रियता चुलियो । अन्य दलका महिलाहरुपनि उनको पार्टीतिर तानिए । राजनितिदेखि वाक्क परेकालेपनि माख्रोंको पार्टीलाई साथ दिए । निर्वाचनमा महिलाहरुको प्रचारप्रसार र सहभागित अचम्मलाग्दो तरिकाले बढ्यो ।

सन् २००२ मा फ्रान्सको राष्ट्रिय सभामा महिला प्रतिनिधीको सभागिता १२ दशमलव ३ थियो । हाल त्यो बढेर ३८ दशमलव ६ प्रतिशत पुगेको छ । समस्या के छ भने फ्रान्सका अधिकांश पार्टीले पुरुष उमेदवार छान्छन् । तर निर्वाचनमा कम्तिमा ४९ प्रतिशत महिला उमेदवार नभएमा पार्टीलाई राष्ट्रिय स्तरको आर्थिक सहयोग नमिल्ने प्रावधान छ । रोजिएका महिला उमेदवारहरुपनि देखाउनकालागि मात्रै छान्ने गर्छन् । हार्ने संभावना भएका क्षेत्रमा महिलाहरुलाई उमेदवार बनाउने र जित्ने क्षेत्रमा पुरुष उमेदवार खडा गर्ने प्रचलन यहाँका आम पार्टीमा छ । आम पार्टीहरुको यहि कमजोरी देखेर फ्रान्सका राष्ट्रपती माख्रोंले निति बदले र महिला उमेदवारहरुलाई समान तरिकाले अगाडि सारिदिए ।

हुन त माख्रोंले फ्रान्समा राष्ट्रपतीको निर्वाचनमा आफ्नो उमेदवारी घोषणा गर्दानै संसदमा महिला सहभागितालाई आफ्नो पार्टीले प्रचास प्रतिशत उपस्थित गराउने घोषणा गरेका थिए । पछी सरकार निर्माणका बेला २२ सिट मध्ये ११ सिटमा महिलाहरुलाईनै नियुक्त गरेर  निर्वाचनमा दिएको आश्वासन पुरा गरे । फ्रान्समा हाल बढेको महिला सहभागिताले फ्रन्सेली संसदलाई अझ मर्यादित र गणतन्त्रलाई बलियो बनाउने चर्चा गर्न थालिएको छ ।

तपाइँको प्रतिक्रिया