नेपालका घडियाल गोही फ्रान्समापनि

फ्रान्सको आर्देशस्थित पियरलात भन्ने ठाउँमा नेपालको मगर र घडियाल गोही फार्म खोलिएको छ । नेपालमा गोहीको अध्ययन अनुसन्धान र बर्दिया तथा चितवनको कसरामा खोलिएको घडियाल गोही परियोजनामा संलग्न फ्रान्सेली अनुसन्धानविद, गोही विशेषज्ञ आन्त्वान कादीको अग्रसरतामा त्यहाँ नेपालका गोही ल्याइएको हो । लामो समयसम्म कादी कसरा, बर्दिया र नेपालमा गोही पाइने ठूला नदीमा गोहीको अनुसन्धान र संरक्षणमा संलग्न थिए ।

फ्रान्सले यो गोही संरक्षण फार्ममा नेपालबाट मगर र घडियाल गोही ल्याएको हो । यहाँ जिवजन्तुको अनुसन्धान गर्न यो फार्म खोलिएको हो । यहाँको गोही फार्ममा चार सय भन्दा बढि गोही छन् । विश्वभरि पाइने गोहीका प्रजाति यहाँ देख्न पाइन्छ । घडियाल गोही नेपाल र भारतका नदीमा पाइने भन्दै यहाँको फार्ममा जानकारि राखिएको छ । घडियाल गोही विश्वमै संकटपन्न अवस्थामा पुगेको जलचर हो ।

फ्रान्सको राजधानी पेरिसबाट पियररातको दूरी ६५६ किमी छ । यहाँ पेरिसबाट बस वा रेल यातायातबाट पुग्न सकिन्छ । दर्शकहरुकालागि यो फार्म खुला छ । यो गोही फार्म सन् १९९४ को जुलाईबाट खुला गरिएको हो ।

नेपालका कुन कुन नदीमा कति घटियाल गोही छन् । भाले कति छन् र पोथी कति छन् । तिनको वास्तबिक अवस्था के छ भन्ने भरपर्दो जानकारीनै आन्त्वान कादीले अनुसन्धान गरेर सार्वजनिक गरेका थिए ।

तपाइँको प्रतिक्रिया