सम्पूर्ण भारत सफा बनाउँछु भन्ने भारतीय प्रधानमन्त्री मोदीको घर कति सफा ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका केहि महत्वाकांक्षी योजना मध्ये ‘स्वच्छ भारत अभियान’ पनि हो । उनले सम्पूर्ण भारतलाई सफा र सुग्घर राख्ने योजना घोषणा गरेका छन् । आफ्नो गाउँ गुजरातमा त झनै यो अभियानको नारा चर्चित छ । तर उनको अभियान कति सफल होला भन्ने छनक गुजरातस्थित वदनगरमा भएको उनैको घरको दुर्घन्धित वातावरणले प्रष्ट पार्छ । 

मोदीको गाउँ गुजरात स्थित वदनगरमा फ्री वाईफाईको सुविधा जोडेका छन् । स्मार्ट फोनमा ईन्टरनेट चलाएको देखिन्छ । मोदीले यो गाउँलाई पर्यटकिय आकर्षणको केन्द्र बनाउने योजनापनि अघि सारेका छन् । तर जब चर्पी जान मन लागेर कसैलाई सोधिन्छ तब त्यहाँका स्थानियले खेत बारी वा कुनै सार्वजनिक स्थल देखाउने गर्छन् । सार्वजनिक चर्पीको ब्यवस्था नहुँदा महिलाहरु दिउँसै खुल्ला क्षेत्रमा जानुपर्ने बाध्यता छ ।

मोदीको गाउँ वडनगरमै थुप्रै सडक वालवालिका फेला पर्छन् । वालिकाहरु सडकमा सुत्छन् र तिनलाई सुरक्षित चर्पीको ब्यवस्थासम्म छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र नरेन्द्र मोदीले निर्वाचनका बेला सबैलाई बस्ने घर हुन्छ । गाउँमा चर्पी हुन्छ भनेर मत तानेका थिए । तर निर्वाचन जितेर प्रधानमन्त्री बनिसक्दापनि उनले त्यो बाचा पुरा गरेनन् । अहिले मोदीको गाउँका जनताले प्रश्न गरिरहेका छन् ‘घर हुन्छ, चर्पी हुन्छ भनेका थियौ, ति बाचा किन पुरा नगरेको ?’

मोदीको जन्मस्थल वडनगरमा दलित र अछुत भनिएकाहरुको बस्तिपनि छ । त्यो नगरपालिकाको करिब ३० हजार जनसंख्या छ । अधिकांश घरहरुमा चर्पी छैन । त्यहाँका नागरिक चर्पीकालागि खुल्ला क्षेत्रतिर जान्छन् । रातको समयमा निस्किनुपर्दा महिला र वालिकाहरु असुरक्षित छन् । खुल्ला ठाउँमा दिसा पिसाव गर्नाले अनेक रोग फैलिने त्रास उत्तिकै छ ।

वडनगरलाइ पर्यटकिय आकर्षणको थलो बनाउन केन्द्रिय सरकारका तर्फबाट साँढे पाँच करोड बजेर घोषणा गरिएको थियो । अर्को चार सय ५० करोड खर्च गरेर स्मार्ट सिटी बनाउने भनिएको थियो । त्यो नगरलाई सफा, स्वच्छ र आकर्षक बनाउने योजना थियो । मेडिकल कलेज र अस्पत्ताल बनाउने भनेका थिए । तर त्यो योजन अकहाँ पुग्यो केहिपनि देखिँदैन ।

बरु वडनगरका चोक चोकमै फोहोरको थुप्रो देखिन्छ । सडक छेउमा ढल र फोहोर बगेको हटाउन सकेका छैनन् । फोहोर डंगुर र दुर्गन्ध फैलिएको छ । उनले घोषणा गरेको स्वच्छ भारत अभियान, अस्पत्ताल र मेडिकल कलेज बनाउने कुनैपनि योजना उनैको गाउँमा अहिलेसम्म पुग्न सकेको छैन ।

(चर्पी बनाउन चन्दा उठाउँदै मोदीको गाउँका महिला)

मोदीले आफ्नै ग्रिहनगरमा घोषणा गरेका योजनाहरु के भैरहेका छन् भन्ने सम्मको जानकारिपनि त्यहाँका जनतालाई राम्रोसित छैन । त्यसैले मोदीले निर्वाचनको मुखमा मत तान्न झुक्काएको बताउने गरेका छन् । अहिले उनको ग्रिहनगरका महिलाहरु आफ्नै अभियानमा चर्पी बनाउने अभियानमा लागेका छन् ।

(तस्विरहरु- बीबीसी हिन्दी)

तपाइँको प्रतिक्रिया