पेरिसमा नयाँ बिध्यार्थीलाई स्वागत, छात्रब्रित्तीका लागि विभिन्न सुझाव

फ्रान्सको राजधानी पेरिस र यस वरपरका शहरमा अध्ययन गर्न आएका नेपाली बिध्यार्थीहरुलाई शनीवार स्वागत गरियो । पाकोफेन भन्ने नेपाली संस्थाले नव आगन्तुक बिध्यार्थीहरुकालागि स्वागत कार्यक्रम राखेको हो । शनीवार पेरिसको वडा नंवर १५ कार्यालयको हलमा बिभिन्न नेपाली संघसंस्थाका प्रतिनिधी, लेखक, कलाकार, सामाजिक अभियन्ता र नगरपालिकाका प्रतिनिधीहरुका माझ स्वागत गरिएको थियो ।

नेपालमा एकल जिवन बिताएका, अध्ययन गर्न नपाएकाहरुलाई आर्थिक र अन्य सहयोग गर्दै आएको छ यो संस्थाले । मुलत पकोफेनले आफ्ना कार्यक्रमहरु महिलाहरुमा केन्द्रित गर्दै आएको छ । हाल फ्रान्समा अध्ययन गर्न आ उने नेपाली बिध्यार्थी र यहाँ फ्रान्सेली भाषा, संस्क्रिति लगायत अन्य कानुनी समस्या भोगेकाहरुकोलागिपनि सहयोग गर्दै आएको छ ।

कार्यक्रममा फ्रान्सेली भाषा र संस्क्रिति कस्रि अध्ययन गर्ने, कानुनी अड्चनहरु आउँदा कसरि हल गर्ने, फ्रान्समा अध्ययन गर्दै रहँदा अल्पकालिन र पूर्णकालिन रोजगार कसरि खोज्ने, यहाँको आवाशिय भिसा, छोटो कालको भिसा आदि लिन, लम्ब्याउन के कस्तो माध्यम अपनाउनुपर्छ भन्ने सुजाव दिईएको थियो ।

पेरिसमा उच्च शिखा लिएका पूर्व बिध्यार्थी निर्मल अर्यालले नेपाली बिध्यार्थीहरुले के कसरि फ्रान्सको अध्ययनका शिलशिलामा छात्रब्रित्ती लिन सकिन्छ भन्ने विषयमा सुझाव दिएका थिए । नेपाली बिध्यार्थीहरुले फ्रान्समा बिभिन्न २५० क्षेत्र वा शिर्षकमा छात्रब्रित्ती लिन सकिने प्रशस्त संभावना रहेको, त्यसकोलागि नेपालीहरुले मेहनत गरेर खोज्नु पर्ने र आफूले जानेको सूचना अरुलाई साझेदारी गरिदिन आग्रह गरेका थिए ।

नेपालबाट यहि वर्ष अध्ययन गर्न आएका नेपाली बिध्यार्थीहरुले फ्रान्समा उच्च शिक्षा लिँदा, अल्पकालिन काम गर्दा र बसाईका क्रममा भोगेका आफ्ना अनुबह्वहरुपनि सुनाएका थिए । पेरिसको १५ नं वडा कार्यालयका प्रतिनिधीले नेपाली बिधार्थीहरुलाई आफूले सकेको सहयोग अग्र्न तयार रहेको बताए । नेपालीहरुको संस्क्रिति, सिप र ईमान्दारिता देखेर आफूहरुले निकै गौरव र आदर गरेको जानकारिपनि दि ईयो ।

नेपालीहरुको लगन, मेहनत, ईमान्दारिता देखेरै यो वडा कार्यालयले पाकोफेनकी सुमित्रा प्रधानलाई एसोसियनहरुको ग्रिहमा यहि सातादेखि सल्लाहकारमा नियुक्त गरेको छ । अब नेपालीहरुलाई यो वडामा बिभिन्न काम लिन र नेपालीले चाहेका कार्यक्रम आयोजना गर्न अझै सहज हुने छ ।

तपाइँको प्रतिक्रिया