नेपाल आउने औषधीमाथि दुई महिनादेखि भारतीय नाकाबन्दि, सरकार चुपचाप

भारतले नेपाल आउने औषधी र औषधी उत्पादक कम्पनीले प्रयोग गर्ने साधनहरुमा दुई महिनादेखि नाकाबन्दि गरिदिएको छ । त्यसरि औषधिजन्य सामाग्रि बोकेका करिब चार सय मालवाहक ट्रकहरु भारतले आफ्नो भूमीतिरै रोकेर राखिदिएको छ । त्यसले गर्दा देशभरि औषधीको संकट परिरहेको छ । तर नेपाल सरकारले भने त्यसलाई समाधान गर्न तदारुकता देखाएको छैन ।

माई रिपब्लिका दैनिकका अनुसार नेपाल रसायन तथा ड्रग्स एशोसिएसनले यदि अहिलेकै अवस्था रहिरहेमा केहि दिन भित्रै देशभरि औषधीको ठूलो संकट ब्यहोर्नुपर्ने चेतावनी दिएको छ । एसोसिएसनका अनुसार हाल भारतले औषधी सहित नेपाल प्रवेश गर्न लागेका करिब चार सय मालवाहक ट्रकहरु आफ्नो सिमा क्षेत्रमै रोकेर राखिदिएको हो । त्यसले गर्दा कतिपय औषधी बिग्रिने, सड्ने अवस्थामा पुगेका छन् ।

औषधी बिभागका निर्देशक बालक्रिष्ण खकुरेलका अनुसार औषधी बिक्रेता, उत्पादक र आपूर्तीकर्ताहरुलाई आफूले ति औषधीहरु नेपाल भित्रिन दिन भारतीय अधिकारीहरुलाई आग्रह गरेर पत्रचार गरेपनि ति सामान भित्रिन नदिएको जानकरि गराएका छन् ।

लामो समयसम्म ति औषधीहरु भारतीय सिमामा ट्रकभित्रै रहेकाले ति सामाग्रि नजिकका विमानस्थलमा लगेर छोडिदिन औषधी ब्यवस्था बिभागले भारतीय अधिकारीसमक्ष अनुरोध गरेका थिए । तर भारतीयहरुले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।

नेपालले ल्याउन लागेका औषधीहरु यदि विमानस्थलमा लगेर छोडिदिने हो भने औषधी ब्यवस्था बिभागले विमानबाट ल्याउने तयारि गरेको छ । बिभागले खास खास कम्पनीका औषधी मात्रै सिफारिस नगरेर चिकित्शकहरुलाई बैकल्पिक कम्पनीका अन्य औषधी सिफारिस गर्न अनुरोध गरेको छ । यसो गर्ने हो औषधीको संकट नपर्ने र बैकल्पिक औषधीहरुले पूर्ती गर्ने बताएको छ ।

नेपालमाथि भारतले यस्ता समस्या पटक पटक खडा गरिदिँदै आएको छ । यसमा चिकित्शकहरुपनि चिन्तित रहँदै आएका छन् । डा बसिस्ट रिजालले आफ्नो सामाजिक सन्जाल फेसबूकमा लेखेका छन् ‘पटक पटक बल्झिने घाउ, सताईरहन्छ सपना र बिपनामापनि ।’

(फोटो साभार- माई रिपब्लिका)

तपाइँको प्रतिक्रिया