गायक राईका नाममा अमेरिकी शहरमा हरेक वर्ष पर्व मनाइने

नेपालका प्रसिद्द गायक राजेश पायल राई यस्ता भाग्यमानी कलाकारमा परे, अब हरेक वर्ष उनको नाममा अमेरिकामा पर्व मनाइने छ । उनलाई अमेरिकामा ‘इन्टरनेशल पप स्टार’ को सम्मानसमेत दिईएको छ । अमेरिकाको रोचेस्टर सिटीका मेयर लभ्ली वारेन र निर्देशक उप मेयर डा केर्डिक एल अलेक्जन्डरले संयुक्त रुपमा राईलैइ सम्मानित गरेका थिए ।

सम्मान कार्यक्रममा उपस्थित राजेश पायल राईले आफूलाई यस्तो सम्मान गरेकोमा रोचेस्टर सिटीलाई हार्दिक धन्यावाद दिएको मिनराज घिमिरेले बताए । उक्त सिटीले हरेक वर्ष ‘राई इज किङ डे’ मनाउने निर्णय गरेको छ । त्यस पर्वमा संगितसित संवन्धित कार्यक्रम हुने छ ।

रोचेस्टर सिटीको हलमा उपस्थित गायक राईलाई प्रमाणपत्रसहित सम्मान गर्दा डेपुटी मेयर डा। अलेक्जन्डरले अब प्रत्येक वर्ष ‘राई इज किङ डे’ पर्वकै रुपमा आफ्नो शहरमा मनाउने घोषणा गरेका थिए । कार्यक्रम यहि साता भएको हो ।

तपाइँको प्रतिक्रिया