कांग्रेस नेता मिनेन्द्र रिजालको मोरङमा चुनावी भोज

पटक पटक मन्त्री भैसकेका, सत्ता र सरकारको स्वाद धेरै पटक लिएका नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले जनताको हित, सेवा गरेको उल्लेख्य केहि सुनिन्न । तर चुनावको मुखैमा मासु र भातमा पैसा खर्च गरेर स्थानिय जनतालाई भोज भने खुवाएका छन् ।

स्थानिय निर्वाचनमा मासु र भात खुवाए आफूलाई भोट दिने आशाले उनले निर्वाचनलाई प्रभावित पार्न मोरङ क्षेत्र नं २ अन्तर्गत रतुवामाई नगरपालिकाको वडा नं १ मा मासुको ब्यवस्था गर्दै भोज खुवाएका हुन् ।

हिजो शुक्रवार आफ्ना कार्यकर्तालाई परिचालन गर्दै उनले मासु भातको ब्यवस्था गर्न खटाएका थिए । भोजको ब्यवस्था गरेपछि गाउँमा ‘भोजको ब्यवस्था गरिएको छ, भोज खान निम्ता छ, मासु जति खएपनि हुन्छ’ भन्दै गाउँलेहरुलाई निम्त्याइएको भोजमा सहभागीहरुले नेपालप्लसलाई बताए।

भोजमा खसिको मासु र ब्रोइलर कुखुराको मासु, भुजा, भात र चिउराको ब्यवस्था गरिएको थियो । भोज सदिर भैयाको निवासमा आयोजना गरिएको थियो ।

भोज खुवाईसकेपछि मोरङको नेपाली कांग्रेसका स्थानिय कार्यकर्ता बल बहादुर बस्नेतले आफ्नो फेसबुकबाटपनि सार्वजनिक गरेका थिए । उनले ‘आतिथ्य ग्रहण गर्ने क्रममा रतुवामाई नगरपालीक “१” मा सदिर भैयाको निवासमा साथीहरुको बिचमा” भन्दै स्टाटससहित केहि तस्विर हालेका थिए । सामाजिक सञ्जालमा ‘चुनावी भोज खुवाउने ?’ भन्दै त्यसको आलोचना शुरु भएपछि उनले सञ्जालबाट फोटा र स्टाटस हटाएका थिए ।

तपाइँको प्रतिक्रिया