स्पेनद्वारा कातालोन सरकार भंग, केन्द्रिय सरकारले चलाउने निर्णय

स्पेनको कातालोन संसदले आफ्नो क्षेत्रलाई अलग्गै स्वतन्त्र राज्य घोषणा गरेपछि स्पेन सरकारले कातालोन सरकारनै भंग गरिदिएको छ । त्यहाँको संसदले अबैधानिक रुपमा अलग राष्ट्र घोषणा गरेको भन्दै कातालोन सरकारलाईनै अबैध घोषणा गरिदिएको हो ।

एकातिर कातालोनहरु स्वतन्त्र राज्यकालागि आन्दोलनमा उत्रिने र अर्कोतिर स्पेनको केन्द्रिय सरकारलेनै त्यसलाई अबैध घोषणा गरिदिएपछि कातालोन क्षेत्रमा आर्थिक संकट हुने देखिएको छ ।

स्पेनका प्रधानमन्त्री मारियानो राखोइले स्पेनको ईतिहासमा यस्तो अवस्था स्रिजना होला भन्ने आफूले नसोचेकोले त्यसलाई समाधान गर्न आफूले आपतकालिन निर्णय गर्दै कातालोन सरकार भंग गर्नु परेको बताएका छन् ।

कातालोन क्षेत्रलाई अलग राष्ट्र बनाउने अभियान के होला र त्यहाँको आन्दोलन कसरि अगाडि बढ्ला ? केन्द्रिय सरकारले अपनाउने रणनितिमा भरपर्ने देखिन्छ । तर कातालोन सरकारले स्वतन्त्र राज्यको घोषणा गरेलगत्तै केन्द्रिय सरकारले त्यसलाई नियन्त्रण गर्न आक्रामक निति अबलम्बन गर्ने देखिएको छ ।

कातालोन क्षेत्रको केन्द्र मानिएको बार्सिलोना शहरमा भने अहिले कातालोनलाई अलग राष्ट्र घोषणा गरिएपछि मिश्रित प्रतिक्रिया देखिन्छ । केहि नागरिकहरुले खुशि मनाईरहेका छन् भने केहिले अब आफ्नो क्षेत्रमा थप द्वन्द बढ्ने, रक्तपात हुनसक्ने र आर्थिक अवस्था डामाडोल हुनसक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

प्रधानमन्त्री राखोइले भने आफूहरुले कातालोन क्षेत्रका नागरिकको आवाज सुन्न चाहेको र कातालोनबासीले आफ्नो भविष्यकालागि गम्भिर भएर सोच्नुपर्ने बेला आएको बताएका छन् । तर संवैधानिक मूल्य र मान्यता बाहिर रहेर उनीहरुले अबैधानैक बाटो अबलम्बन गर्न नहुने र बाहिरिया र देश टुक्रा पार्नेहरुको लहैलहैमा लाग्न नहुने बताएका छन् ।

सन् १९७८ मा बनेको संविधान अनुसार स्पेन एक राष्ट्रका रुपमा रहने भएकाले त्यसलाई लत्याउने अधिकार कसैलाईअपनि नभएको र केन्द्रिय सरकारले कातालोनलाई पूर्ण नियन्त्रणमा राख्न जुनसुकै कदम चाल्ने चेतावनीपनि प्रधानमन्त्रि राखोइले दिए ।

उनले कातालोन राज्यका नेता कार्लेस पुग्दमो र उनको संसद भंग गरिदिएका छन् । त्यस्तै, त्यहाँको प्रान्तिय प्रहरी निर्देशक लगायत कातालोन क्षेत्रका प्रतिनिधीहरुलाई बर्खास्त गरेको, ति प्रतिनिधीहरुको बैदेशिक कार्यालयहरुलाई भंग गरेको घोषणा गरेका छन् । त्यसैगरि कातालोन प्रान्तका संसद र सबै प्रमुख निकाय भंग गरेपछि उनले आगामी डिसेम्बर १२ का दिन नयाँ निर्वाचन घोषणा गरे ।

त्यहाँको प्रशासन र प्रतिनिधीहरुलाई भंग गरेपछि कातालोनको प्रशासन अब मेड्रिडबाटै केन्द्रिय सरकारले चलाउने घोषणापनि उनले गरे ।

तपाइँको प्रतिक्रिया