एमाले र माओवादीलाई भोट हाल्न इसाईहरुको पत्र

नेपालका इसाईहरुको धार्मिक स्वतन्त्रताको रक्षा के कम्युनिष्टहरुबाट मात्रै संभव छ ? आगामी निर्वाचनमा सबै इसाईहरुलाई एमालेको सूर्य र माओवादी केन्द्रको गोलाकार भित्रको हँसिया हथौडा चिन्हमा मतदान गर्न देशैभरिका इसाइहरुलाई सर्कुलर जारि गरेका छन् । राष्ट्रिय इसाई समाज एकताकेन्द्र नेपालका नामबाट यस्तो सर्कुलर जारि भएको हो । सर्कुलर इसाई संगठनका पूर्व महासचिव रामप्रसाद न्यौपानेका तर्फबाट जारि भएको हो ।

असोज ८ गते जारि सर्कुलर अनुसार आउने निर्वाचनमा प्रत्यक्ष तर्फ सूर्य र हँसिया हथौडासहितको गठबन्दनका उमेदवारहरुलाई मत हाल्न सबै नेपाली क्रिस्चियन र यसका पादरहरुलाई अनुरोध गरेको छ । सर्कुलरमा एमाले र माओवादी केन्द्रले धार्मिक स्वतन्त्रता र राष्ट्रिय रक्षा तथा दिगो विकास गर्ने भन्दै वाम गठबन्दनलाई मत हाल्न अनुरोध गरेको हो ।

तपाइँको प्रतिक्रिया