सांसदको उमेदवार नपाएपछि बिज्ञापन

ठूला दलहरुमा सांसदको टिकट कसले पाउने, कसरि उमेदवार छानिने भनेर मारामार छ । आफ्ना आफ्ना गूट र नेतालाई फकाएर, निकट पुगेर टिकटका लागि मरिहत्ते गरिरहेका छन् । तर कतिपय दलहरु भने सांसद बन्ने उमेदवार नपाएर बिज्ञापन गरिगरि उमेदवार खोजिरहेका छन् । आगामी प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा सांसाद बन्न इच्क्षुक केहिलाई यो गज्जबको मौका हुन सक्छ ।

नेपाल नौलो जनवादी पार्टी आगामी प्रतिनिधी सभा र प्रदेश सभाको लागि देशभरिबाटै उमेदवार खोजेको छ । उसले रकहेको न्युनतम शरपनि कडा छैन । २५ वर्ष पुगेर मतदाता नामावलीमा दर्ता भएको ब्यक्ति भए पुग्छ । यो पार्टीले पत्रिकामा बिज्ञापन दिएरै उमेदवार खोजिरहेको छ।

तपाइँको प्रतिक्रिया