एन आर एन विश्व सम्मेलन : भिजन २०२० र एजेण्डाको मोलतोल, २०० डलरमै बिकाउ

  • निराजन श्रेष्ठ / एन आर एन ए सम्मेलन स्थल काठमाडौं

गैर आवाशिय नेपाली संघको विश्व सम्मेलन स्थलमा अचम्म अचम्मका द्रिष्य देखिएक छन् । यो द्रिष्य हेर्दा लाज लाग्दो अवस्था छ । सम्मेलनमा भाग लिन गएका नेपालीहरुबिच शेष घलेले प्रस्ताव गरेको भिजन २०२० का बारेमा मोलमोलाई भईरहेको छ । यसको पक्षमा मतदान गर्नु भन्दै भोटहरु खरिद बिक्रि गर्ने काम भैरहेको छ । अर्कोतिर सम्मेलनमा भाग लिनका लागि प्रवेश शुल्कबापत तोकिएको प्रतिब्यक्ति दुई सय डलरमापनि मतदाताहरु किनबेच भैरहेका छन् ।

गैरआवासीय नेपाली संगठनको आठौं विश्व सम्मेलन तथा महाधिवेशनको अवस्था र परिपाटी देख्दा यो कुनै “नेपाली फर नेपाली” होइन कि “नेपाली VS नेपाली” जस्तै देखिन्छ । विदेशमा बसेपछि संघको सदस्यता लियोस या नलियोस एन आर एन ए भन्ने शब्दको टिका हामी माथि लागिसकेको हुन्छ । त्यसैले जो कोहीलाई पनि यस प्रति वा माथि केहि आशा भने रहनुपर्ने हो ।

केहि अभियन्ताहरुले केहि समय अघि यो संघलाइ राम्रो बाटो तिर लगेका थिए र पछि आउनेले पनि यो संस्थालाइ त्यही बाटो तिर डोर्याउछन् कि जस्तो लाग्थ्यो । तर बिस्तारै रहेनछ भन्ने जानिँदै छ । अर्कै बाटोतिर गएको आभास भएको छ ।

सम्मेलनको हल भित्र भिजन २०२० जस्ता बिभिन्न एजेण्डा लगायतका घोषणा पत्रको कालो बजारी हुँदै छन् भने बाहिर २०० डलरमा बिक्ने काम भैरहेको छ । सोझा साझा आर्थिक उन्नतिका लागि विदेश होमिनु परेका हामी एन आर एन एको टिका लगाएका सदस्यहरु एक अर्कामा लडिरहेका छन् । भित्र हलमा के कसो हुँदैछ धेरैलाई मतलव देखिन्न । तर धेरैको सोचाई कस्तो देखिएको छ भने २०० डलर तिरी एक भोट हालौं । टन्न खाउँ र पिउँ । झ्याप परेर फर्क्युं । यो कस्तो, कुन स्तरको सोचाई हो ? संघलाई सहि दिशातिर लैजान सबैको योगदान, गहन छलफलको खाँचो छ भन्ने किन नसोचेका होलान् ?

हायत रिजेन्सीमा पुगेका गैर आवाशिय नेपालीहरुले न्युनतम अचरणपनि पालना गरेको देखिन्न । बिदेशी पर्यटकहरुलाई अप्ठेरो पर्नेगरि तिनले होटेलमा क्रियाकलाप देखाइरहेका छन् । यत्रतत्र छरिएर होटेलमा पर्यटक हिँड्ने बाटै बन्द गरि चर्को चर्को स्वरमा छरिँदै हल्ला मच्चाईरहेको देखिन्छ ।

हायत रिजेन्सीमा राखिएको धार्मिक प्रतिमुर्तीमाथि जुत्ता र चप्पल लगएर चढ्ने, फोटो खिचाउने र धार्मिक आस्थालाई अनादार गरेको द्रिष्यपनि देखिन्छ ।

उमेदवारहरुले मत हालिदिने शर्त राखेर प्रवेश शुल्कबापत लाग्ने दुई सय अमेरिकी डलर तिरिदिने गरिरहेका छन् । सम्मेलनमा मतदान गर्न जाने शर्तमा प्रवेश शुल्क तिरिदिने उमेदवार र पक्षहरु बग्रेल्ती देखिएका छन् । केहि उमेदवारहरुले ‘म उमेदवारी झिक्छु त्यसबापत कति रकम दिने’ भनेर मोलमोलाई गरेकोपनि देखिन्छ ।

अनलाईन नाम दर्ता गराउने भनेर निकै प्रचार गरिएको थियो । तर सम्मेलनस्थलमा त्यो पुरा गरेको देखिन्न । मतदाताहरु आफ्नो नाम लेखाउन लामो लाईन बसेका छ्न् ।

उमेदवार र तिनका समर्थकले प्रवेश शुल्क दुई सय डलर तिरिदिने र हात समाउँदै ल्याएर त्यो शुल्क तिरेको रसिद हातमा थमाइदिने गरेको देखिन्छ । एन आर एन एको सम्मेलनमा निति, भिजन २०२०, एन आर एन ए का अप्ठेरा लगायत नितिगत रुपमा छलफल र बहस गरेको कमै देखिएको छ ।

तपाइँको प्रतिक्रिया