प्रथम शहिद थापाको शालिक फ्याँकिएको भन्दै सामाजिक सञ्जालमा झुटो सनसनी

पोखरामा लखन थापाको शालिक उखेलेर फ्याँके भन्दै सामाजिक सञ्जालमा झुठो सन्सनी मच्चाउनेहरु निकै देखिए । केहिले यसलाई जातिय रंग पोतेर जातिय सद्भावनामाथि खेलवाडपनि गरे । यहि मौकामा अर्का बिभुती प्रिथ्वी नारायण शाहको मानमर्दन गर्ने कामपनि गरियो । राष्ट्रिय बिभुती भनेका सबैका साझा हुन् र कुनैपनि राष्ट्रिय बिभुतीमाथि अनादार, असम्मान गर्दा आम नेपालीको मन दुख्छ, त्यसको सामुहिक प्रतिवाद गर्नुपर्छ भन्ने भुलेर, लत्याएर केहिले जातियताका आधारमा थापाको शालिक उखेलेर फ्याँकेको भन्दै जातिय सद्भाव भड्काउने र आफ्नो निहित स्वार्थ पुरा गर्ने चेष्टापनि गरे । तर पोखरामा हाम्रा प्रथम शहिद लखन थापाको शालिक भत्काएर फ्यँकिएको होइन । बरु यसलाई अझै ब्यवस्थित गर्न खोजिएको हो ।

यसलाई ब्यवस्थित गर्न पोखराका प्रमुख जिल्ला अधिकारी, नेपाल मगर संघ कास्की र लेखनाथ नगरपालिकाका प्रमुख सहितको समितिनै बनेको छ । यो समितिले लखन थापाको शालिकलाई अझै ब्यवस्थित पारेर राख्ने लिखित सहमति गरेको छ । समितिले प्रथम शहिद तथा राष्ट्रिय बिभुती लखन थापाको शालिकलाई लखन चोकको केन्द्रमानै राख्ने भएको छ । बरु यसलाई अझै सुन्दर, अझै ब्यवस्थित गरि स्तम्भ ढाँचमा राख्ने निर्णय समितिले गरेको छ ।

उनको शालिकलाई ब्यवस्थित गर्न नगर प्रमुख, मगर संघ कास्की र प्रमुख जिल्ला अधिकारीको मातहतमा १२ सदस्यिय समिति बनाएको छ । समितिको संयोजकमा पूर्ण बहादुर राना मगर छन् । उनको शालिकलाई अझै आकर्षक ढंगले लखन चोकमै राख्न लाग्ने सम्पूर्ण बजेट नगरपालिकालेनै ब्यवस्था गर्ने छ । नगरपालिकाले उनको शालिक राख्नकालागि बनेको समितिसित संझौतानै गरिसकेको छ । त्यति मात्रै होइन लखन थापाको शालिक निर्माणमा पहिले सहयोग गरेको नेपाल मगर संघ र त्यसमा योगदान गर्ने ब्यक्तिहरुको योगदानलाईसमेत शिलालेखमा राख्ने सहमति बनेको छ । त्यसमा लखन थापाको ईतिहाससमेत सुरक्षित गरिने छ ।

लखन चोकको आइल्याण्ड ब्यवस्थापन गर्दा लखन थापाको शालिक अल्पकालकालागि निकाल्नु परेको र त्यसो गर्दा आम जनतामा पर्न गएको आघातप्रतिपनि नगरपालिकाले क्षमा मागेको छ ।

तपाइँको प्रतिक्रिया