आफ्नो देश नभुल (गीत)

कति जीतले यहाँ रुवाउँछ सारालाई

कति मृत्यु पनि उत्सव छ सारालाई

 ++++++++++++++

के लाई जीत भनौं के लाई मानौं हार

उदाहरण हेर है ध्रुव त्यो तारालाई

  ++++++++++++++

यदि ध्रुवले त्यहाँ जीतेको भए लौ

कसरी हुनेथ्यो उदाहरण सारालाई

  ++++++++++++++

आफैं कालो बनी जलेर दियोले

उज्यालो दिएको देखिन्छ सारालाई

  ++++++++++++++

कयौं हारमै छन् लुकेका ती जीत

लडाईंबाटै भाग्‍ने पूज्य छन् सारालाई

तपाइँको प्रतिक्रिया