बुद्द लामा जिताउ अभियानलाई एकै ब्यक्तिद्वारा एक लाख भन्दा बढि सहयोग

नेपाल आइडलमा आफूले रुचाएको प्रतिस्पर्धीलाई जिताउन केसम्म गरिएको रहेछ । रातभरि बसेर भोट हाल्ने, मासिक तलबनै सकेर फोनको रिचार्ज किन्ने र भोट हाल्नेहरु त छँदै थिए । कतिसम्म आर्थिक सहयोग गरिएको रहेछ भन्ने देख्दापनि अचम्म लाग्छ । कसैका त फ्यानपनि कति मनकारि हुने हुन् ओहो । यस्तै मनकारि बेलायत निवाशी एक जना भेटिएका छन् जसले बुद्द लामा जिताउ अभियानकालागि एक लाखभन्दा बढि सहयोग दिएको प्रमाण भेटिएको छ ।

बुद्द लामालाई जिताउन उनका फ्यानहरुले ‘बुद्द लामा जिताउ अभियान’ नै चलाएका थिए । उनलालाई जिताउन लामाका फ्यानले रसिदनै बनाएर आर्थिक अभियान चलाएका थिए । यस्तो अभियान कति ठाउँबाट चलाइयो थाह हुन सकेको छैन । तर कास्कीबाट शुरु गरिएको अभियानको रसिद भने फेला परेको छ । बेलायत निवासी धर्म तामाङले उनलाई एक लाख चार सय नब्बे रुपियाँ रसिद काटेरै आर्थिक सहयोग गरेका छन् । उनी टप चौथोमा परेकै बेलादेखि यो आर्थिक अभियान चलाइएको रसिदबाट थाह हुन्छ ।

तपाइँको प्रतिक्रिया