पोर्चुगलमा हत्या गरिएका जिसीका ‘हत्यारा’ पक्राउ (भिडियो सहित)

गत हप्ता पोर्चुगलमा हत्या गरिएका हरि बहादुर जिसीका हत्यारा आरोपित अर्जुन सापकोटा आज पोर्चुगलमा पक्राउ परेका छन् । जिसीको आजै अन्तिम दाह संस्कार गरिँदैगर्दा उनलाई नेपालीहरुको सहयोगमा पोर्गिज प्रहरीले पक्राउ गरेको हो । सापकोटालाई लिस्बन इस्थित पोखरा रेस्टुरा नजिकैबाट पक्राउ गरिएको हो । उनी पक्राउ पर्दा रेस्टुरेन्ट नजिकको सडकमा बिना संकोच हिँडिरहेका थिए ।

उनलाई पक्रन गैरआवासीय नेपाली संघ पोर्चुगलका नवनिर्वाचित उपाध्यक्ष द्वय कमल गुरुङ र नारायण काजी मगरकासाथै नरभुपाल राइ, राजकुमार गुरुङ, मनिराम नेपाली लगायतले सहयोग गरेको पोर्चुगल निवाशी लाल नेपालीले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

स्रोतका अनुसार सापकोटा फरार भए लगत्तै पोर्चुगिज प्रहरीले त्यहिँका केहि नीपालीहरुलाई सुराकी गर्न सहयोग मागेको थियो । सापकोटालाई चिनेका केहि नेपालीहरुसित गोप्य तरिकाले छलफल गरि सापकोटाको सम्भाब्य क्षेत्र र उनका निकटका ब्यक्तिको निगरानी र सुराकी गर्न प्रहरीले खटाएको थियो । प्रहरीको आग्रह अनुसार ति नेपालीले सापकोटाको खोजिनिति गरेका थिए ।

तपाइँको प्रतिक्रिया