जिन्दगी
मानबहादुर केसी (मुस्कान)
महँगाईले डाँडा काट्यो, काल भो जिन्दगी
जताततै लथालिंग, बेहाल भो जिन्दगी
गाँस बास कपासको समस्याले सताऊँदा
पार पाउनै नसकिने, जाल भो जिन्दगी
उन्नती र प्रगतिका बाटाहरु नभेटिदा
जुवा खेल्ने जुवाडिको, खाल भो जिन्दगी
आइए बिए एमए पढि जागिर केहि छैन
बामे सर्ने कछुवाको, चाल भो जिन्दगी
सपना त धेरै थिए हुरी आई उडाइदिँदा
प्वालै प्वाल भै च्यातिएको, पाल भो जिन्दगी
आफ्नोले नै धोका दिए मुस्कानलाई यो संसारमा
खाना खाई छोडेको जुठो, थाल भो जिन्दगी
टिकापुर 7 कैलाली
हाल : गुजरात भारत ।
(साथीहरु, कविता, गित र गजलका चाङ लागेका छन् नेपालप्लसमा । त्यसैले ति तुरुन्तै प्रकाशित हुनसक्ने अवस्था छैन । नयाँ लेखकको हकमा भने तत्कालै प्रकाशित हुन्छ एक पटककालागि । त्यसपछि तपाईको रचना स्विक्रित भएको भएपनि प्रकाशित हुन केहि समय लाग्छ । तुरुन्तै प्रकाशित होस् भन्ने चाहनुहुन्छ भने अन्य विषय र बिधामा पनि कलम चलाउनुहोस । जस्तोलाइ पनि कविता, गजल भन्ने मानसिकता छोडेर अलि स्तरिय पठाउन अनुरोध छ । पाठक प्रतिक्रिया संबन्धित विषयमा लेख्नुहोला । सन्दर्भ बाहिर गएर नलेख्नुहोस । असभ्य भाषा प्रयोग गरिएका र ब्यक्तिगत गालिगलौजले भरिका प्रतिक्रियामाथि बन्देज गरिनेछ-नेपालप्लस डट कम) ।





