एनआरएन यूकेको निर्वाचनमा ब्यापक धाँधली (११ प्रमाणसहित)

  • तिलचन्द्र रेग्मी / बेलायत

एन आर एन बेलायतको निर्वाचनपछि जित्नेले खादा ओढेर दंग परे । हार्नेहरु मत दिएनन् भन्दै मन बुझाए होलान् । तर त्यहाँ जित्नेहरु मध्ये कतिपयले त धाँधली गरेर पो जितेका रहेछन् । एनआरएनए यूके निर्वाचन गत शनिबार सम्पन्न भएको थियो । उक्त निर्वाचनमा चर्को रुपमा धाँधली र अनियमितता भएको प्रमाण फेला परेका छन् । मूलत योगकुमार फगामी नेतृत्वको विजेता प्यानलले अहिले फूलमाला, अबिर र खादा लगाएर बधाइ खाइरहेका छन । जित्नेहरु मध्ये मुख्यगरि एन आर एन एका केन्द्रिय अध्यक्ष शेष घले निकट रहेको बताइन्छ ।

त्यसो त गत शनीवार भएको निर्वाचन एनआरएन यूकेको इतिहासमै कमजोर र अव्यवस्थित सावित भएको गुनासापनि सतहमा आएका छन । डा। चन्द्र लक्छम्मा रहेको निर्वाचन समितिलाई डमीको संज्ञा दिंदै कतिपय विश्लेषकहरुले एउटा पक्षले दवावमा आफू अनुकुल नियम परिवर्तन गर्दै जाँदा समेत निर्वाचन समिति चुप लाग्नु शंकास्पद भनेका छन् ।

गत महिना जर्मनीमा सम्पन्न एनआरएनए क्षेत्रीय सम्मेलनकै क्रममा एन आर एन युकेको निर्वाचनकालागि तयारि शुरु गरिएको धेरैको बुझाई छ । उक्त क्षेत्रीय सम्मेलनमा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङलाई एकाएक केन्द्रको कोषाध्यक्ष उम्मेदवारका रुपमा उभ्याइएपछि गुरुङले नै आफूलाई साथ दिने टिम बनाउन यूके निर्वाचनमा चलखेल गरेका थिए । कम बोल्ने तर भित्र गोटी चाल्न माहिर मुछेत्र गुरुङले आफ्नो कोषाध्यक्ष पद सुरक्षित गर्नको लागि शेष घलेका निकटहरु योगेन क्षेत्री र डमर घलेले समेत यस खेलमा साथ दिएका थिए । अगष्ट महिनाको अन्तिम साता लण्डन भ्रमणमा आएका शेष घले दम्पतीले अध्यक्षका प्रत्यासी कृष्ण तिमल्सिनाको उम्मेदवारी रद्ध गर्ने प्रयास समेत गरेका थिए । त्यसैको कारणले गर्दापनि एन आर एन युकेको हालको निर्वाचनमा शेष घलेसमेतले योजना बनाएको आशंका गरिएको हो ।

अध्यक्ष मुछेत्र गुरुङले यूरोप क्षेत्रिय बैठक पछि कोषाध्यषको उम्मेदवारी घोषणा गरे पछि युकेमा चुनावी रणनिती एकाएक परिवर्तन हुँदै गएको थियो । गुरुङले निर्वाचनको धाँधलीमा सघाएबापत नेपाल हाउस निमार्ण समितिको संयोजक दिएर पुरस्कृत गर्ने तयारी नवनिर्वाचित अध्यक्ष फगामी समूहको भएको केहिको भनाई छ । निर्वाचन समिति र पूर्वअध्यक्ष गुरुङले गरेको लापरवाही माथि छानविनको माग गर्दे लण्डनमा एक भेलाको आयोजना गर्ने तयारी गरिएको छ । हाल त्यसलाई सार्वजनिक गरिएको छैन ।

निर्वाचन जित्नकालागि अनेक खाले तिकडम गरिएकोपनि सामाजिक सञ्जालमा केहि तथ्यहरु भेटिन्छन् । केहि सुत्र लगाएको र त्यस सुत्रले निर्वाचन जित्न काम गरेको भन्दै सुर्य नेम्वाङले सामाजिक सञ्जालमा लेखेको तथ्यलेपनि त्यहि बताउँछ ।

 

धाँधलीका ११ रुप

१- पहिले तोकिएको सदस्यता लिने समयसीमा अगष्ट ७ बाट बढाएर अगष्ट १४ सम्म पुरयाइयो जसले गर्दा सदस्यता किनबेच सम्भव भयो ।

२- शुरुमा सदस्यता आवेदन अनलाइन हुनुपर्ने भनिएपनि पछि कागजी फारामलाई मान्यता दिएर सदस्यता बुझाइयो । अनलाइनमात्र हुँदा आवेदन र चलखेल सहज हुने थिएन । मुछेत्र गुरुङ समूहले व्यक्तिगत इमेल प्रयोग गरेर आफ्नो अनुकूलतामा सदस्यता सदर गरेको थियो ।

३- निर्वाचन आयोग डमी भन्दा फरक रहेन । निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशित गरिसकेपछि पनि मुछेत्र गुरुङको जोडमा ३५ जना सदस्य संख्या पछि थपियो । र निर्वाचनको दिनसम्म आइपुग्दा मतदाता नामावलीमा हेरफेर गरियो । अनलाइनमा भएको मतदाता सँख्या ३६ सय ५३ थियो । मतदानको दिनसम्म आइपुग्दा करिब ३७ सय मतदाता कायम गराइयो । (अन्तिम नामावली निकाल्ने २८ अगष्ट पछि थप गरिएका सदस्यहरुको नाम प्रमाण सहित अन्तिममा हेर्नुस्)

४- निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक गरिसकेपछि केही उम्मेदवारको दवावमा पुनः अर्को मतपत्र छपाइयो । मतपत्रमा एक पक्षले सदस्य बनाएका वृद्धवृद्धालाई सजिलो हुने गरि सबै उम्मेदवारको फोटो हालेर मतपत्र तीन पेज लामो बनाइयो । (मतपत्र रातारात परिवर्तन गरिएको प्रमाण हेर्नुस्)

५- निर्वाचन आयोगका पर्याप्त पदाधिकारी बिनै मुछेत्र गुरुङले निर्वाचनको ५ दिन अघि बैठक बोलाएर पूर्व निर्धिारित मतदान कार्यक्रमको समयसीमा ३ बजेबाट बढाएर साँझ ८ बजे पुर्‍याए । सो बैठकमा निर्वाचन समितिका अन्य ४ जना आयूक्तहरु उपस्थित थिएनन् । प्रमुख निर्वाचन आयुक्त तथा माओवादी नेता समेत रहेका डा। चन्द्र लक्छम्वा, मुछेत्र गुरुङको लहैलहैमा लागेर मतदान समय पछि सारेका थिए । त्यही बैठकमा हयारो बुथ सार्ने षडयन्त्र भयो । यसअघि हिमालय क्लबमा तोकिएको मतदान केन्द्र साउथ हयारो लगियो ।

६- शनिवार मतदानको दिन अल्डरसट केन्द्रमा फगामी समूहले १५ जना भोलियन्टर खटाएको थियो । सोही भोलियन्टर समूहले करिब ७ सय मतपत्रमा एकै प्यानलमा मतदान गरेको थियो। सो क्षेत्रमा निर्वाचन आयूक्तका रुपमा पुगेका रामशरण सिम्खडा मुखर्दशक भएका थिए । पछि आइसीसी सदस्य सुस्मा राईले प्रतिपाद गरेपछि भोलियन्टरले भोट हाल्ने काम बन्द भएको थियो । फगामी पक्षका स्वयंसेवकहरुले आँखा नदेख्ने र पढ्न नजान्ने बुढाबुढीको मतदान आफैंले गरिदिए ।

७- बाहिरै मतपत्रमा टिक लगाएर बुढाबुढीलाई ति मतपत्र भित्र मतपेटिका खसाल्न लगाइयो ।

८- मतगणनामा अध्यक्षका प्रतिनिधि बाहेक अरुलाई प्रवेश दिइएन । निर्वाचन समितिको मिलोमोतोमा मतगणनाका क्रममा अध्यक्षका प्रतिनिधीहरुले अध्यक्षको बाहेक अरु उम्मेदवारको मतसंख्या समेत पढेका थिएनन् ।

९- पर्यवेक्षक आआफ्ना नातेदारलाई बनाएर हरेक ठाउँमा पहुँच दिइयो र उनीहरुबाटै मतदानमा सहयोग गरियो ।

१०- निर्वाचन समितिले उम्मेदवारको लागि आचारसंहिता समेत सर्वाजानिक गर्न नसक्दा फगामी समूहले प्यानलमा भोट खसालेको थियो । त्यो एनआरएनए नियमावली विपरीत हो । निर्वाचन समितिले अन्य उम्मेदवारको लिखित तथा मौखिक उजुरीको सुनुवाइलाई वेवास्था गर्दै अगाडि बढेको थियो ।

११- पोष्टलव्यालेट बाट आएका ३१ मतपत्र मध्य १० मतपत्र गाएव गरिए । मतगणनाको दिन जम्मा २१ मतपत्र देखाइयो ।

तपाइँको प्रतिक्रिया