प्लाष्टिकका सामान किन्नुहुन्छ ? बर्बाद होला नी !

pic063591तपाई कत्तिको प्रयोग गर्नु हुन्छ चिनियाँ सामान ? संसारै चिनियाँ सामानले खाएपछि कसको घरमा नहुने चिनियाँ सामान होइन ? चिनियाँ मानिस र चिनमा बनेका सामान नपुगेको कहाँ होला विश्वमा ? नेपालमा त झन घर घरमा चिनियाँ सामान । घडी, रेडियो, पाईन्ट, चप्पल, जुत्ता सबै चिनियाँ।  अहिले सम्म जे जति प्रयोग गरेपनि अब चाहिँ होसियर हुनुस् है ! नत्र बित्यास पर्ला । तपाईले प्रयोग गर्ने चिनियाँ सामानले त डरलाग्दा रोग पो भित्र्याउने रैछन् । सस्तो भन्दै किन्दा ज्यान जाने रोगले परिवारै सखाप पार्‍यो भने ?

 

कपाल बाँध्ने चिनियाँ रिबन र रबर अनि प्लाष्टिकका चप्पलदेखि होसियार भन्दै एक जना साथीले एउटा खबर पठाईन । यसो हेरेको त आफैंलाई डर लाग्यो । घरभित्र आफुले पनि प्लाष्टिककै चप्पल पड्काइन्छ । सानोमा त स्कूल पढ्दापनि त्यहि पड्काको हो । ल परेन बित्यास ? सातो गयो । रिपोर्ट चनचुने होइन फेरि विश्व प्रसिद्द एएफपी समाचार संस्थाले लेखेको । झुठो हुने संभावना त एकदमै न्युन ।

 

pic275951प्रयोग भैसकेका कन्डमहरु जम्मा पारेर फेरि रिसाइकल (पूनर्प्रयोग) गर्ने रहेछन् चिनियाँहरुले चिनको दक्षिण भागमा । उनीहरुले त्यसलाई चप्पल र टाउको बाँध्ने रबर बनाउने रहेछन् । चिनबाटै लेखिएको एएफपीको रिपोर्ट अनुसार त्यस्ता सामानाहरु प्रयोग गर्दा यौनसँग संबन्धित थुप्रै खाले रोग सर्ने संभावना हुन्छ । चाइना डेली न्युज भनिने दैनिक पत्रिकालाई उल्लेख गर्दै एएफपीले के उल्लेख गरेको छ भने चिनको ग्वाङदोङ राज्यको ग्वान्जु र दोङगुवान शहरका खुला बजार र हजाम पसलमा प्रयोग भैसकेका कन्डमबाट बनेका सामान ब्यापकरुपमा फेला परेका छन् ।

 

टाउको बाँध्ने रबर, रिबन र चप्पलहरु रंगिन बनाएर बेचिने हुँदा ब्यापक रुपमा बिक्रि हुने गरेको रहेछ । प्रयोग भैसकेका कन्डमहरु रिसाइकल गरिएतापनि त्यसका भाईरसहरु जिवित रहन सक्ने र तिनबाट घातक रोग संक्रमित हुनसक्ने प्रशस्त संभावना रहेको रिपोर्टमा उल्लेख छ । तिनले स्थानिय जनताको स्वास्थ्यमा जोखिम उत्पन्न गराएको जनाइएको छ ।

 

pic205371कन्डम प्रयोग गरेकाहरुलाई एड्स र अन्य यौनजन्य घातक रोग लागेको हुन सक्छदोङ भन्ने एक चिकित्सकलाई उद्रित गर्दै पत्रिकाले उल्लेख गरेको छ त्यस्तो रोग लागेका मानिसले प्रयोग गरेको कन्डमबाट बनाईएका कपाल बाँध्ने डोरी र रिबन मुखले अँठ्याएर राख्दा त्यो रोग सर्न सक्छ। प्रयोग भैसकेका कन्डमबाट बनेकैले त्यस्ता सामान अति सस्तोमा पाउने गरिएको उल्लेख छ । अमेरिकामापनि त्यस्ता उत्पादन बिक्रि गरिने गरेको किटान गरिएको छ ।

 

रिपोर्टमा के पनि उल्लेख छ भने त्यस्ता कन्डमबाट बच्चाका खेलौना, अन्य लुगाफाटा र चस्मापनि बनाउने गरिएको छ । त्यस्ता बस्तु उत्पादन गर्न एकदम सस्ता रासायनिक पदार्थहरु प्रयोग गरिन्छ ।

 

तर एकजना चिनियाँ अधिकारीका अनुसार त्यसरि प्रयोग गरिएका कन्डम पुनप्रयोग गरिनु चिनमापनि गैह्र कानुनी हो । चिनले स्थानिय र बिदेशी बजार दुबै ठाउँका ग्राहकलाई लक्षित गरेर त्यस्ता सामान उत्पादन गर्ने गरेको छ । यस वर्षबाट भने त्यसलाई निगरानी गर्न थालिएको पनि उल्लेख छ ।

तपाइँको प्रतिक्रिया