एन आर एन जर्मनीको चुनावकालागि निर्वाचन समितीनै बिवादमा, अध्यक्षकै बिरोध

(एन आर् एन ए जर्मनीकोलागि अध्यक्ष पदका उमेदवार, दायाँबाट क्रमश:  यज्ञ्राज सुवेदी, बिजय मोक्तान, रणबहादुर साउत र नवराज रोस्यारा निर्वाचन कमिटीले बोलाएको छलफलमा)

आइतवार एन आर एन ए जर्मनीको निर्वाचन हुँदै छ । निर्वाचन समितीले स्वच्छ, बिवादरहित र निष्पक्ष निर्वाचन गराउनुपर्नेमा निर्वाचन समितिनै बिवादको घेरामा परेको छ । निर्वाचन समितीले स्वच्छ र निष्पक्ष भूमिका खेल्न नसकेको भन्दै उमेदवारहरुलेनै बिरोध गरेका छन् । निर्वाचन बहालवाला एन आर एन जर्मनीलेनै गराउनुपर्ने हो । र उसले नै निर्वाचनका सबै बिधिबिधान पुर्‍याएर ईकाई, निर्वाचन समिति स्वच्छ तरिकाले निर्माण गर्नुपर्ने हो । तर एन आर एन जर्मनीकै अध्यक्ष नवराज रोस्यारालेनै निर्वाचन समितिको कामकारवाहीमा बिरोध र गुनासा सतहमा ल्याइदिएपछि निर्वाचन समितीको निष्पक्षतामाथि आशंका जन्मिएको हो ।

एन आर एन जर्मनीमा मुख्यगरि अध्यक्ष पदकालागि यज्ञराज सुबेदी, रणबहादुर साउद, बिजय मोक्तान र अहिलेकै अध्यक्ष नवराज रोस्याराले उमेदवारी दिएका छन् । यि मध्ये केहिले उमेदवारीको बैधानिकता नपुर्‍याइ दर्ता गरेकाले स्वतह तिनको उमेदवारी रद्द हुनुपर्ने दाबी गरिँदै आएको थियो । उमेदवारी दर्ताको प्रावधान मिचेर दर्ता गरिएका उमेवदारलाईपनि बैधनिकता दिएको भन्दै बिवाद यहिँबाट शुरु भएको थियो । शुरुदेखिनै निर्वाचन प्रक्रियामा आलटाल गर्दै आएकालेपनि निर्वाचन कमिटीको निष्पक्षतामाथि आशंका गरिँदै थियो । हाल वर्तमान अध्यक्षलेनै निर्वाचन कमिटीले गरेका कामकारवाहीमा बिरोध जनाएपछि झन आशंका र असन्तुष्टि बढेको हो ।

अध्यक्ष रोस्याराले जर्मनीका मतदाता, उमेदवार र सदस्यहरु सम्मिलित बहस सञ्जालमा निर्वाचन आयोगले निष्पक्ष हिसाबले काम गर्न नसकेको हाकाहाकी सार्वजनिक गरेका छन् । त्यतिमात्रै होइन, निर्वाचनको मतदाता नामावली संकलन गर्ने अन्तिम मिती भन्दापनि पछाडि निर्वाचनलाई प्रभाबित गर्ने किसिमले बुझाईएका हस्त लिखित, ठेगाना र जन्ममिती समेत नभएका नामावलीहरु समेत निर्वाचन नियमाबली बिपरित मतदाता नमावलीमा मिस्याउने प्रयास भईरहेको आरोपसमेत उनको छ । रित नपुर्याइ नियमावलीलाई आधार मान्दा रद्द हुने उमेदबारीहरुलाई समेत मान्यता दिइ निर्वाचन आयोग लाचार बनेको तितो यथार्थतापनि उनले पोखेका छन् ।

समाजलाई उत्तेजित पारेर निर्वाचन हुन नदिन धेरै तर्फ बाट प्रयासहरु भईरहेको आरोपपनि उनको छ । तर धेरै तर्फबाट त्यस्तो प्रयास गर्ने को हो भन्ने उनले खुलाएका भने छैनन् ।

अहिलेको अवस्थामा आफूहरुले जर्मनबासी नेपालीहरुको चाहना अनुसार जुनसुकै अवस्थामा पनि निर्वाचन सम्पन्न होस भनेर हदैसम्म निकै लचकता र संयमिता अपनाइरहेको उनको दाबी छ । तर आफूनै वर्तमान अध्यक्ष हुँदाहुँदै कसरि बर्तमान कार्य समितिले निष्पक्ष निर्वाचन कमिटी गठन गर्न सकेन भन्ने विषयमा भने उनी मौन बसेका छन् । निर्वाचन वर्तमान कार्य समितिलेनै पुरा गर्नुपर्नेमा कसरि यो कार्य समितीकै अध्यक्षले लाचार मान्नुपर्ने कमिटी बन्यो र कसको निर्देशनमा बन्यो भन्नेमा वर्तमान कार्य समितिपनि मौन छ । यसरि हेर्दापनि यो निर्वाचन कमिटी बिवादको घेरामा परेको हो ।

उता अध्यक्ष पदका अर्का उमेदवार यज्ञराज सुबेदीलेपनि निर्वाचन कमिटीलाईनै आरोप लगाएका छन् । उनले सार्वजनिक गरेको बहस सन्जालमा निर्वाचन सम्बन्धि कार्यविधी र आचारसंहिता बमोजिम थप निर्णय गर्न भनि बिहिवार साँझ हानोभर शहरमा बैठक बोलाएर त्यहाँपनि निर्वाचन आयोगले एक पक्षिय सहमतीको रटान लगाएको आरोप लगाएका छन् । उनले भनेका छन् “निर्वाचन सम्बन्धि कार्यविधी र आचारसंहिता बमोजिम थप निर्णय गर्न भनि हानोभर शहरमा हिजो फेरी बैठक डाकीयो । हामी सबै अध्यक्ष पदका प्रत्यासीहरू पनि संगै थियौँ । निर्वाचनलाई सकेसम्म सरल र सहभागीपूर्ण बनाउन सबैको सकारात्मक सहयोग रहँदै गर्दा, निर्वाचन आयोग र अन्य अभियन्ताहरू पुन: एक पक्षीय सहमतीको रटानमा लाग्नुभयो । अन्य प्रत्याशी साथीहरु पनि कुनै न कुनै रूपमा पदीय ब्यवस्थापन भए सहमतीमा जान तयार देखिनु भयो । हाम्रो अभियान एन आर एन ए  जर्मनीलाई अध्यक्षता मात्रै हैन साँच्चै नै हामी सबैको अपनत्व महशुस हुने सँस्थाको रूपमा हुर्काऊने दृढ़ अठोटका कारणले “टिके प्रथा” मा सहमत हुन सकिएन ।”

उता निर्वाचन कमिटीले केहि ब्यक्तिहरुको पंजिक्रित सदस्यता सार्वजनिक गर्दा पूर्ण बिवरण नराखी नाम मात्रै दर्ता गरेर सदर गर्न खोजेको आरोपपनि खेपेको छ । सदस्यताका बारेमा आरोप लगाउने एन आर एन जर्मनीका अध्यक्ष नवराज रोस्यारा त छँदै छन् । अध्यक्षका अर्का उमेदवार यज्ञराज सुबेदीलेपनि एन आर एन ए जर्मनीको पंजीकृत सदस्य बन्न र निर्वाचन प्रक्रियामा सहभागी हुनको लागि अनिवार्य रुपमा सदस्यता आवेदन फाराम सम्पूर्ण विवरण र हस्ताक्षर सहित बुझाएको हुनुपर्नेमा निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक मतदाता सुचीमा केहि व्यक्तिको नाम अपुरो रहेको र केवल नाम मात्र टिपाएको आरोप लगाएका छन् । त्यसैको भरमा मतदाता सुचीमा समावेश गरिएकोले तुरुन्त छानबिन गरी पुनः नामावली प्रकाशित गर्न मागपनि उनले निर्वाचन कमिटीसित माग गरेका छन् ।

निर्वाचन अनुगमन समितिका सदस्य सुरेन्द्र प्रधानलेसमेत निर्वाचन कमिटीको कामकारवाहीमा कमजोरी औंल्याउँदै भनेका छन् “आसन्न निर्वाचनमा भएका गोप्यानियता र ब्यबस्थापनमा कमी कमजोरी देखापरेको महशुस भए पछि मेरो ध्यानाकर्षण भएको छ। बिभिन्न पत्र पत्रिका र सामाजिक संजालमा एनआरएनए जर्मनीको निर्वाचन सम्बन्धि लेखिएका टिका टिप्पणी हेर्दा हामीमा ब्यबस्थापनको कमि कमजोरी र आपसी समन्वयको अझ धेरै आबश्यकता रहेको देखिन्छ ।”

जर्मनी निवासी हरेन्द्र वानेमलेपनि निर्वाचन कमिटीको कार्यक्षमतामा प्रश्न उठाएका छन् ‘मैले नबुझेको कुरा बारम्बार निर्बाचन आयोगले किन सहमतिको लागी बोलाउछ ? निर्बाचन आयोगले बोलाएपछी उम्मेदवारहरु त जानै पर्‍यो । अब हाम्रो माग भनेको कि निर्बाचन गराउन सक्दैनौ भनेर भन्नुपर्‍यो । उम्मेदवारहरु बिच सहमती नभईसकेपछी अब निर्बाचनको बिकल्प छैन ।”

तपाइँको प्रतिक्रिया