एन आर एन फ्रान्समा उमेदवार र मतदाताबारे लफडा : वास्तबिकता यस्तो छ

अनुराधा पौडेल

ब्यक्तिको गोपनियताको हक कायम गर्दै एनआरएनको केन्द्रको बिधान मस्यौदा समितिको बिचार बुझ्नकालागि भनि पठाएको मेल बर्तमान महासचिव र मेरा चुनावी प्रतिद्वन्दी नरेन्द्र शाहीबाट (इमान्दारपुर्वक मैले nrn france लाई उक्त मेल सीसी गरेको थिएँ ।) हिजोँ फुटबल ग्राउन्डमा सार्वजनिक गर्नुभयो र ठूलो होहोल्ला मच्चाउनुभयो । सी सी गरेको मेल सार्वजनिक गर्नु बेइमानीको पराकाष्ठा हो । त्यसपछि उहाँले बढो नकारात्मक तरिकाले होहल्ला मच्चाउन थाल्नुभएको छ । आज बेलुका सम्म थुप्रैलाई टेलिफोन गरेर म माथि लान्छना लगाउन थाल्नुभएको सुचना मैले पाएपछि बिधान राम्ररी नपढ्नुभएका हाम्रा दाजुभाइ दिदीबहिनीमा एक किसिमको अन्यौलता सृजना भएको देखेँ । त्यसैले मैले यो मेसेज लेखिरहेकी छु । म उहाँलाई हाम्रा बुझक्की भोटरहरुलाई अनाबश्यक ब्ल्याक मेलिँग नगर्नुहुन र भ्रमामा नपार्नुहुन अनुरोध गर्छु ।

त्यसो त यो इश्युमा नेपाली एकता समाजका अध्यक्ष तप्प भन्डारी जिले उहाँको फेसबुकमा लेख्नुभएको छ – भाषामा जे जस्ता कुरा भएपनि (भन्न खोज्नुभएको परिचय पत्रमा भुटानी या नेपाली हो । उहाँले खुलेर लेख्न सक्नुभएन ) मिलेर बसेका फ्रान्सका नेपाली समाजहरुलाई भाँड्न खोज्नेहरुलाई खोजी खोजी भोटबाट नै पाखा लगाम । भोट चाँही काम लाग्ने रे अनि त्यहि ब्यक्ति चाँही अयोग्य (उम्मेद्वारीमा भन्न खोज्नुभएकोहोला) हुने भन्ने पनि कहिँ हुन्छ ? प्रसँग एनआरएनए फ्रान्सको चुनाब । 

कुनै बेला दिनरात कसिएर तप्त जीले एकता समाज खोल्नुको पछाडी पनि एनआरएनमा सबै खाले नेपाली नसमेटिने भएको देखेर हो । उहाँले त्यतिबेला देखिनै हामी नेपाली नेपाली बिच भुटानी कागज या नेपाली कागज भनेर बिभाजनको रेखा नकोरौँ भन्ने कुरामा जोड दिदैँ आउनु भएको हो । यो कुरा अत्यन्त सहि हो । भावनात्मक रुपमा हामीहरु कहिल्यै फुटेका थिएनौँ र फुट्नेछैनौँ । फुटाल्छु भन्दैमा पनि हामीहरु फुट्दैनौँ किनभने नेपालीको जात यस्तो जात हो अलिकति दुख परोस हामिहरु शत्रुलाई पनि खुलेर मद्दत गर्छौँ । उदाहरण हेर्नुस बाढी पैह्रो र भुकम्प । हामी नेपालीको महानता हो यो । यो कुरामा बहकिनु पर्ने र उत्तेजनामा आउनुपर्ने कारण म केहि पनि देख्दिन । तर साथि हो दुखको कुरा नेपाल सरकारको कागजले यो भावनालाई छुट्टाएको छ । एनआरएनको बिधानले यो छुट्टाएको छ । भावना र बास्तविकता दुइ फरक कुरा हुन् । अहो चुनाबी माहोलमा यस्तो कुरा नबोल भनेर मलाई भन्नुको सट्टा हामीले सँगै बसेर समस्याको समाधान खोज्नुपर्ने बेला हो यो । बिरोध गर्दा समस्याको समाधान बोकेर बिरोध गरौँ न साथी हो । खोजी खोजी भोट नहालेर हराएर के गर्ने समस्या ज्यूँ का त्यूँ राखेर । समस्याले सँधै बिबाद निम्ताईरहनेछ ।

मैले त फ्रान्सको बिधानमा लेखेको कुरा र यताको रियल धरातल नमिलेको देखेकोले केन्द्रको बिधान मस्यौँदा समितिमा हाम्रो बिधानले त यसो भन्छ कुरा के हो भनेर सोधि पठाएकी हुँ ।

पृष्ठभुमिमा जाउँ—-एनआरएनए फ्रान्सले हालसालै बिधान सँसोधन गरेर प्रफेक्चुरमा पठाएको छ र यहि बिधान सँसोधन गर्दा चुनाब आचार सँहिता पनि उहाँहरुले बनाउनुभएको छ । सँहिताको बुँदा नँ सातमा स्पष्ट लेखिएको छ—(उम्मेद्वार हुने मानिसले उम्मेद्वारी) आवेदन पत्रका साथ फ्रान्समा घटीमा दुइ बर्षभन्दा बढी समयदेखि बसोबास गर्दै आएको भन्ने प्रमाणित हुने, बसोबास गर्ने अनुमति पत्र (Titre de séjour वा carte de résidence) वा फ्रान्सको राष्ट्रिय परिचय पत्र (carte d’identité nationale) भएमा नेपाली मुलुकको (खासमा मुल हुनुपर्ने हो शायद करेक्सन नभएको होला) (PNO=People of Nepali original) (origine होला) ब्यक्ति हो भन्ने देखिने प्रमाणपत्र या येस्तै अन्य परिचयपत्रको प्रतिलिपिहरु अनिवार्य सँलग्न गरेको हुनुपर्छ । यसको साथै पद अनुसार तोकिएको उम्मेद्वारी शुल्क ……..तिर्नुपर्छ । भोटरहरुको हकमा बिधानले कतैपनि केहि बोलेको छैन । त्यहाँ भोट हाल्ने बेला परिचय पत्र ल्याउनुपर्ने भनिएको छ ।

यो कुरा अहिलेको समिति भित्रका साथिहरुले अति राम्रो सँग बुझ्नुभएको छ । बिधान सँसोधन गर्ने उहाँहरु हो । सँसोधन गर्नेहरुले कुरै नबुझि, छलफल नै नगरिकन त गरेनन होला । अहिले आएर बिधान अनुसार त गर्न सकिन्न भन्न मिल्छ ? सँसोधित बिधान प्रफेक्चुरमा पठाउने उहाँहरु हो । नेपालमै जन्मेका तर बिबिध कारणले नेपालीका नाममा कागज बनाउन नपाएका ठूलो समुहलाई च्वाट्टै छाडेर बिधान सँसोधन गर्नेहरु नै अहिलेको समस्याका सृजनाकर्ताहरु हुन् । के एनआरएनको बिधान सँसोधनका बेला उहाँहरुले तपाँइ हामीलाई खबर गर्नुभएको थियो ? जवकी एनआरएनले हरेक नेपालीको स्वार्थ रक्षाको लागि लडिरहेको छ । के तपाँइ हामीहरुले बिधान सँसोधन हुँदैछ भनि थाह पाएका थियौँ ? थिएनौँ । त्यसैले यस्तो अचकल्टो बिधान बनाउनेहरु नै यस्ता ब्यक्तिहरु हुन् जसले आफ्नो स्वार्थलाई सर्वोपरी राखेका छन् । बिधानको मर्म नबुझाइकन आफ्नो स्वार्थ रक्षाको लागि भोटरहरु बढाएका छन् र यतिबेला भोटरहरुलाई गुमराहमा पारेका छन् ।

आजसम्म एनआरएनए फ्रान्समा के हुँदै आएको थियो भने हरेक कार्यकालमा तीन देखि पाँच जनाको नेपाली मुलका साथिहरुको carte de séjour को फोटोकपी प्रफेक्चुरमा पठाइन्थ्यो । बाँकी अरु त सबै कागजका प्रतिनिधि थिए । निर्णय प्रकिया गोजीबाट फुत्त झरेजस्तो हुन्थ्यो । आज सम्म चुनावी माहोल बनेको पनि थिएन । सबै कुरा मेलमिलामपमा थियो । तर अब देखि चुनावी माहोल बनेको छ । नया नया साथिहरु काम गर्छु भनेर आएका छन् । चुनाबी माहोल भनेको सार्वजनिक माहोल हो । प्रजातान्त्रिक माहोल हो ।

प्रजातान्त्रिक माहोलबाट चुनाब जितेर आइसकेपछि हामिहरुले हाम्रो परिचय पत्रको कार्ड प्रफेक्चुरमा पठाउनुपर्छ । ताकि एनआरएनए फ्रान्स तीन बाट १७ या २१ बनोस ।  के प्रफेक्चुरले भोली हामीलाई प्रश्न नउठाउला ? तिमीहरुको बिधानमा नेपाली मुलको लेखेको छ तर तिमीहरु बिदेशी मुलको नेपाली भाषीको कागाजात पठाउँछौँ किन भनेर प्रश्न उठाउँदा त्यसको जवाफदेही को बन्ने ? मानिसलाई फोन गरेर गलत सूचना दिएर उचाल्नेहरु या स्वयँ त्यस्ता ब्यक्तिहरु या एनआरएनए फ्रान्स ?

के केहि ब्यक्तिको स्वार्थ रक्षाका लागि एउटा सिँगो सँस्थालाई बिबादमा मुछ्नु ठीक हो ? छातीमा हात राखेर सबैले सोचौँ । आज बिदेशमा बसेका नेपालीको हितबारे कुनै सँस्था बोल्छ र उसको बोलेको कुरा बिक्छ भने त्यो एनआरएन हो । सरकारले रिकोग्नाइज गरेको सँस्था । तपाँइ हामीलाई नेपालमा फर्कन र बस्न सक्ने कसैले बनाएको छ भने त्यो एनआरएनले बनाएको छ । तपाँइको नेपालको सम्पत्ती रक्षाको बारेमा कोही बोलेको छ भने एनआरएन बोलेको छ । त्यो कुनै ब्यक्ति बिशेष बोलेको होइन । अग्रजहरुको मेहनत बोलेको हो ।

अब म तपाँइहरुलाई अर्को निवेदन गर्छु । ओरिजिन नेपाली बाहेक अर्को देशको ओरिजिन भएका नेपाली भाषीहरुले नेपाल सरकारले प्रदान गर्ने एनआरएनए परिचयपत्र लिन पाउनुहुन्न । एनआरएनए परिचय पत्र लिन समेत लिननसक्ने अबस्थामा भएको मानिस कसरी एनआरएनएको समितिमा बसेर काम गर्ने ? कमसेकम यति त बुझदिनुहोस । नेपालमा यो भएन त्यो भएन चोर नेताहरु भन्नुहुन्छ भने यहाँ किन गलत काम गर्न पर्यो ? चुनाबपछि आउने अध्यझले दुई पद मनोनयन गर्न सक्ने ब्यवस्था छ बिधानमा । या यसरी छुटेका साथिहरुलाई कुनै साथिको सँयोजनमा कुनै समिति बनाएर काम गर्ने बाताबरण बनाउन सकिन्छ ।

निर्वाचन समितिले चुनावी मैदानमा उत्रेका सबैको नाम निकालेको छ । र उहाँहरुले यो नाम खुट्टा कमाएर निकाल्नु भएको हो । पालो अब तपाँइहरुकै आएको छ । म इमान्दार पुर्वक एनआरएनलाई बिबादमा नल्याउनकालागि आफ्नो नाम उम्मेद्वार लिष्टबाट भरेसम्म फिर्ता लिनुहोस भनि आग्रह गर्छु ।

म महासचिव पदको उम्मेद्वार हुँ । म सँग अध्यक्ष जीता कटुवाल सहितको सिगोँ समुह चुनावी मैदानमा छ । हामीहरु केहि गर्छौँ भनेर आएका हौँ । ब्यक्तिगत रुपमा मलाइ भोट दिने या नदिने तपाइँहरुको हातमा छ । म मेरो बिचार राख्न स्वतन्त्र छु र मेरो बिचार ब्यक्त गर्न पाउने स्वतन्त्रता कुन्ठित गरेर (तँ नबोल है नबोल यहाँ तँलाइ बर्बाद पार्छन् भन्ने मेसेज धेरै आएको छ) गलत भ्रम नफैलाउनुहुन मेरा प्रतिद्वन्दी साथिहरुलाई अनुरोध गर्छु । म कुनै पनि हालतमा चुनाव जित्ने निउँमा तपाँइहरुले झैँ कसैलाईपनि गलत सूचना प्रबाह गर्नेछैन । मरा चुनावी प्रतिद्वन्दिको र बिरोधिहरुको ब्यक्तिगत मानमर्दन गर्ने छैन । म बिचार र क्षमताको प्रयोग गरेर चुनाब लड्दैछु । यहि मेसेज मार्फत मेरो टीमले जितेमा नेपालमै जन्मनुभएका तर बिबिध कारणले एनआरएनको बिधान र सरकारी सयन्त्र भित्र नपर्नुभएका साथिहरुको हक र हितको लागि मेरो तर्फबाट कम्तीमा एउटा अन्तरक्रिया कार्यक्रम गर्ने बाचा गर्छु जहाँ म एनआरएनका केन्द्रका मानिसहरुलाई निम्ताउन कोशिष गर्नेछु । नेपाली दुताबासलाई पनि आमन्त्रण गर्नेछु र तपाँइहरुलाई पनि । तपाँइहरुलाई कसरी अटाउन सकिन्छ म गँभिर छलफल गर्नेछु । तपाँइहरुले यसो गर भनेर सुझाब दिनुहोला म तपाँइहरुको कुरा जहाँ लानुपर्ने हो त्यहाँसम्म लानेछु ।

त्यसो त मलाइ पेरिसमा बस्नुभएका हाम्रा नेपाली दाजुभाइ र दिदी बहिनी माथि कुनै शँका छैन । तपाँइहरुले निश्यनै आफ्नो बिबेक र क्षमताको प्रयोग गर्नुहुने नै छ ।

तपाँइको अमुल्य भोट हामीलाई दिनुहोस । हामीहरु तपाइँहरुको भोट खेर फाल्नेछैनौँ । यो परिवर्तनको समय हो । परिवर्तनको शुरुवात आजदेखि नगरे कहिले गर्ने ?

तपाइँको प्रतिक्रिया