एन आर एन ए फ्रान्सको नेत्रित्वकालागि महिला सहभागिता बढ्यो

यहि अगस्ट २७ का दिन एन आर एन ए फ्रान्सको अधिवेशन हुँदै छ । अधिबेशनले नयाँ नेत्रित्वको निर्वाचनसमेत गर्ने छ । यो पटक एन आर एन ए फ्रान्समा महिला नेत्रित्वकालागि पछिल्ला वर्षहरुमा भन्दा आकर्षण बढेको छ । अध्यक्ष पदमै मैया (जिता) कटुवालले उमेदवारी दिएर बलियो उपस्थिति देखाएकि छन् । उनको उपस्थितिले अन्तर्राष्ट्रिय समर्थनपनि बलियो देखिएको छ । उनले आफ्नो अलग्गै प्यानलनै खडा गरेकि छन् । त्यसमा चार जना त महिलाहरुनै उमेदवार बनेका छन् । उनको टिममा महासचिव अनुराधा पौडेल छन् । त्यस्तै बिना शर्मा  (न्यौपाने) र सुमित्रा बुर्लाकोटीपनि कटुवालको टिममा छन् । पौडेलले आफ्नो उमेदवारीको घोषणा गरेपछि सामाजिक सञ्जालमा अग्रिम बधाई र शुभकामना दिनेको ओईरो लगेको छ । उनले यस अघि एन आर ए फ्रान्सको सचिवमा काम गरिसकेकि छन् । त्यस्तै, जिता कटुवालको प्यानलले आफ्नो एजेण्डासमेत घोषणा गरेको छ । जिता कटुवालको टिममा फ्रान्सको नेपाली समूदाय, फ्रान्सको बौद्दिक समूह र फ्रान्सेली समाजमा स्थापित राम पाण्डेपनि सदस्यका रुपमा उमेदवार छन् । पाण्डेले वर्षौं देखि नेपाली र नेपाली भाषा, साहित्यको सेवा र अध्यापन गर्दै आएका छन् ।

जिता कटुवालको महिला तिम: माथिबाट पहिलो लहरमा दाहिने जिता कटुवाल अध्यक्ष । देब्रे, अनुराधा पौडेल महासचिव । दोस्रो लहरमा दाहिने बिनु शर्मा (न्यौपाने) सदस्य र देब्रे सुमित्रा बुर्लाकोटी सदस्य)

उता अर्को प्यानल एक बहादुर मल्लले आफ्नो अलग्गै प्यानल खडा गरेका छन् । उनको प्यानलमा उपाध्यक्षमा महिला छन्, गिता खनाल । मल्लको प्यानलबाट महिलाले उपाध्यक्षमा उमेदवारी दिएकाले आफूहरु महिलाका बिरुद्द महिलानै नलाग्ने भन्दै उपाध्यक्षमा उमेदवारी नदिएको  जिता कतुवालको प्यानलले सार्वजनिक गरेको छ । त्यसैले खनाल उपाध्यक्षमा सर्वसम्मत हुने संभावना छ ।

महिला प्रनिधीमा पान कुमारी मल्ल (पार्वती मल्ल) र सदस्यमा शिखा राई (अस्मिता शेरचन) मल्लको प्यानलबाट उठेका छन् ।

        (गीता खनाल, उपाध्यक्षमा सर्वसम्मत हुने संभावनाकी । मल्लको प्यानलबाट)

तर एकिन्द्र मल्लको प्यानलको नेत्रित्व गरेकाहरुले आफ्नो एजेण्डा हालसम्म सार्वजनिक गर्न सकेका छैनन् । उता जिता कटुवालको प्यानलले सार्वजनिक गरेको एजेण्डामा धेरैले प्रशंसा गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमा सार्वजनिक गरेको एजेण्डामा एनसिसी फ्रान्समा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने, एनआरएनए फ्रान्सको हिसाब किताब अत्यन्त पारदर्शी राख्ने र अडिटिँग सिस्टममा जाने । एन आर एन फ्रान्सको हिसावकिताब आजसम्म पारदर्शी नभएको उनीहरुको एजेण्डामा उल्लेख छ ।

त्यस्तै उनीहरुको एजेण्डामा एनआरएनको बिधान अनुसार एनआरएनए फ्रान्सलाई साँच्चै नै सेवामुलक सँस्थाका रुपमा बिकास गर्ने र केन्द्र तथा आइसिसी मेम्बरसँग सुमधुर सम्बन्ध कायम राख्ने, नेपालका कुनैपनि राजनितिक पार्टीको कुनैपनि हस्तक्षेपबाट एनआरएनए फ्रान्सलाई मुक्त राख्दै एनआरएनएलाई सकेसम्म समाबेशी बनाउने, पेरिसमा रहेका सबै नेपाली सँघसंस्था तथा दुतावाससँग समन्यवय गरेर काम गर्ने,  कसैसँग कार्यक्रम नजुधाउने, कसैको कार्यक्रम नखोस्ने र सबैसँग बलियो सँस्थागत सम्बन्ध कायम गर्ने । उनीहौर्को एजेण्डाको अन्तिम सूचीमा उल्लेख भए अनुसार फ्रान्सको समाजमा घुलमिल हुन के कस्ता कार्यक्रम ल्याउन सकिन्छ तिनको पहिचान गर्ने र फ्रान्सेली सँगका छलफल कार्यक्रमहरुको शुरुवात गर्ने । नेपाल र नेपाली चिनाउने ।

एनआरएनए फ्रान्सको आउने २७ तारिखको निर्वाचनमा उम्मेद्वारी दिएको मैया (जिता) कटुवालको टिम

अध्यक्ष : मैया ( जीता) कटुवाल

उपाध्यक्ष : चेतभक्त ढुँगाना ( नमराज शर्मा)

महासचिव : अनुराधा पौडेल

कोषाध्यक्ष : बिरु खड्का

सह कोषाध्यक्ष : अमर भन्डारी

सदस्यहरु : हामी सबैका सहयोगी आदरणिय दाजु राम पान्डे

सुमित्रा बुर्लाकोटी

बिना शर्मा

शिब प्रसाद शर्मा

जिता कटुवालको टिमका छ वटा प्रमुख एजेन्डा

  1. एनसिसी फ्रान्समा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने (त्यसैले उपाध्यक्ष पदमा उताको समुहबाट उठ्नुभएकी महिला उम्मेद्वार र महिला प्रतिनिधि बिरुद्द कुनै पनि उम्मेद्वारी दर्ता गरेनौँ)
  2. एनआरएनए फ्रान्सको हिसाब किताब अत्यन्त पारदर्शी राख्ने र अडिटिँग सिस्टममा जाने (आजसम्म भएको छैन)
  3. एनआरएनको बिधान अनुसार एनआरएनए फ्रान्सलाई साँच्चै नै सेवामुलक सँस्थाका रुपमा बिकास गर्ने र केन्द्र तथा आइसिसी मेम्बरसँग सुमधुर सम्बन्ध कायम राख्ने
  4. नेपालका कुनैपनि राजनितिक पार्टीको कुनैपनि हस्तक्षेपबाट एनआरएनए फ्रान्सलाई मुक्त राख्दै एनआरएनएलाई सकेसम्म समाबेशी बनाउने ।
  5. पेरिसमा रहेका सबै नेपाली सँघसँस्था तथा दुतावास सँग समन्यवय गरेर काम गर्ने । कसैसँग कार्यक्रम नजुधाउने, कसैको कार्यक्रम नखोस्ने र सबैसँग बलियो सँस्थागत सम्बन्ध कायम गर्ने ।
  6. फ्रान्सको समाजमा घुलमिल (intégration) हुन के कस्ता कार्यक्रम ल्याउन सकिन्छ तिनको पहिचान गर्ने र फ्रान्सेली सँगका छलफल कार्यक्रमहरुको शुरुवात गर्ने । नेपाल र नेपाली चिनाउने । हामीहरुलाई भोट दिनुहेस । तपाईँहरुको भोटको सहि सदुपयोग गर्नेछौँ र तपाईँहरुसँग निरन्तर सम्पर्कमा रहनेछौँ ।

तपाइँको प्रतिक्रिया