एन आर एन फ्रान्सको संस्थागत सञ्जाल ब्यक्ति र गूटका नाममा दुरुपयोग

 

एन आर एन ए फ्रान्सले आफ्नो संस्थाको लोगो र सामाजिक सञ्जाल दुरुपयोग गरेको छ । एन आर एन ए सबैको साझा भएपनि एन आर एन ए फ्रान्सले आफ्नो होम पेज र फेसबूक केहि ब्यक्ति विशेषको झुण्ड तयार गर्दै तिनका नाममा दुरुपयोग गरेको हो । एन आर एन ए फ्रान्सका बर्तमान महासचिव नरेन्द्र शाही ठकुरी हुन् । आगामी अधिवेशनमा नयाँ कार्य समितिकालागि निर्वाचन हुँदै छ । त्यहि निर्वाचनमा एन आर एन ए फ्रान्सका महासचिव शाहीको समूहले एक बहादुर मल्ल अध्यक्ष, सुवर्णबिक्रम हमाल आइ सिसि सदस्य, नरेन्द्र शाही ठकुरी महासचिव लगायतको प्यानल बनाएर एन आर एन ए को साझा पेजलाई दुरुपयोग गरेको हो । नरेन्द्र शाहीले बिगतदेखिनै एन आर एन ए को साझा सामाजिक सन्जाललाई दुरुपयोग गर्दै आएको त्यहाँका नेपालीहरुले गुनासो गर्दै आएका छन् । हाल निर्वाचन अधिवेशनका बेलापनि एन आर एन ए फ्रान्सले आफ्नो सामाजिक सञ्जाललाई दुरुपयोग गर्दै आएको भनि अध्यक्ष पदकी प्रत्याशी (उमेदवार) जिता कटुवालले सामाजिक सञ्जालमै बिरोध गरेकि छन् ।

कटुवालले आफ्नो फेसबूक पेजमा लेखेकि छन् ‘एनआरएनए फ्रान्सको फेसबुक तथा वेभसाईट पेज सँस्थागत पेज हो । यो पेजको प्रयोग गरेर कुनै एक चुनाबी समुहको प्रचार प्रसार गर्नु भनेको वेभ साईटको दुरुपयोग गर्नु हो । यो काम तुरुन्त बन्द गर्न सँस्थाका बर्तमान महासचिबलाई अनुरोध छ । चुनाब प्रचार प्रसारका क्रममा गरिने दुरुपयोगले प्रहरी प्रशासनको ढोका टकटकाउन नपरोस भन्ने कुरामा ध्यान दिन अनुरोध गर्छु ।’

तपाइँको प्रतिक्रिया