स्पेनको बार्सेलोनामा आतंककारी हमला !
स्पेनको सुन्दर शहर बार्सेलोनामा एक ट्रक चालकले सडकको पेटीमाथि ट्रक उकालेर हमला गरेका छन् । स्पेनिश प्रशासनले यसलाई आतंककारी हमला हुन सक्ने भन्दै हमलाकारीको खोजि गरेको जनाएको छ । हमला गर्नेमा कति छन् थाह हुन नसकेको प्रहरीले जनाएको छ । तर एकको पहिचान भने प्रहरीले गरेको बताएको छ । बासेलोनाको अति ब्यस्त ठाउँ रास लामब्लासमा उक्त हमला भएको हो ।
यो हमला कसले गरेको हो भन्ने यकिन भैसकेको भने छैन । कसैलेपनि यसको जिम्मेवारी हालसम्म लिएका छैनन् । तर गत केहि समयदेखि युरोपमा इस्लामिक अतिबादीहरुले ट्रक प्रयोग गर्दै हमला गरिरहेकाले यो घटनापनि तिनैले गराएको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरीले त्यहाँको अति ब्यस्त पर्यटकिय क्षेत्र कातालुना र रास लामब्लास वरिपरि नहिँड्न पैदलमार्गीहरुलाई अनुरोध गरिरहेको छ । कतालुनाको प्रहरी प्रशासनले त्यहाँ नजिक चल्ने मेट्रो, बस र अन्य सार्वजनिक सवारी साधान बन्द गरिदिएको छ । प्रहरीहरुले उच्च विशेष स्रोतलाई हवाला दिँदै घटना भएको नजिकै दुई हतियारधारी युवकहरु केहि समय अघि देखा परेको बताएका छन् ।