आजको नेपाल

-रामप्रसाद घिमिरे

४६ सालमा त्यो आन्दोलन भयो फालेर पञ्चायती ।

प्रजातन्त्र आयो नेपाल देशमा जन्ता रमाए अती ॥

 

सब मिलिकन पञ्चलाई ऊ बखत झारे समाई तल ।

ऐले भ्रष्ट भए यी शासकहरु कस्तो छ यो बौदल ॥

 

अदालत् पनि जानुछैन अब काम्, त्यो न्यायका खातिर ॥

सार्बभौमसत्ता नेताका हातमा पर्दैन मान्नु पिर ॥

 

आफ्नु मत्लब शाद्धे गर्नु छ भने, भारत तिर धाउँनु ॥

धर्म छाडा र देश भाडा कुशासकलाई नाता गोता लाउनु ॥

 

नेताका भरमा बनेका अफिसर कुर्सि भेट्टाए पछि ।
निर्दोषीलाई पनि यताउति गरि पार्दिन्छन् घोर्ले खसि ॥

 

पैले रोक थियो घुस लिनपनि, गर्थे अनेकौं छल ।

हाका हाकी अचेल नौलो छ जनवाद्, राष्ट्रै सिध्याउने बल ॥

 

हाम्रो मौलिकता कतातिर गयो, राष्ट्रियता हो कता ?

सत्य न्याय निशाफ कानुन सबै हुँदै गयो बेपत्ता ॥

 

धारा धेरै त छन् तथ्याङ्क हरुमा, आऊदैन पिउने जल ।

झुक्कीएर आयो भने ढलसँगै नरमल धमिलो भल ॥

 

बिदेशि ॠणले खुले गाऊँघर महा, स्वास्थ चौकी नामका ।

औषधी: पनिछैन त्यस्थलमहाँ, डाक्टर विना कामका ॥

 

आइपुग्यो यदि औषधी:पनि भने, पाउनै कठिन् डाक्टर ।

बिरामीहरु स्वस्थ्यकर्मि नहुँदा फर्केर जान्छन् घर ॥

 

छन् गांऊँ गांऊँमा बिद्यालय हरु छैनन् त्यहाँ शिक्षक ।

जन्ता जन्ता भिडे नेतासँग हिडे, को हुन् यहाँ रक्षक ॥

 

लागु भो गाउँमा प्रौढ शिक्षा भनि त्यो, छैनन् उति साक्षर ।

बिदेशीले दिए स्वदेशीले लिए, ख्वै के गरेको छ र ॥

 

नेता भन्ने सबै एकआपसमहाँ, बाझ्ने र जुध्ने अती ।

जन्ताको पनि राय मान्नै नहुने, के हो यहाँको स्थिति ॥

 

नेता देश बेचेर मोज गर्छन्, कुर्सि ओगेटी कन ।

सिधा सादा भुरा जन्ता सडकमा, मर्छन् गोलि खाइकन ॥

 

आफ्नै समुहमा काटमार गरि, गर्छन् अनेकौं छल ।

ढ्वाङ्फुकि कन स्वाङ पारी हिडने, कस्तो छ यो बौदल ॥

 

आयो नेपालको कराल भुमरि छोपेर चारै तिर ।

यो बौला दलले देश पुरै बौलायो, नेता भ​ए दश तिर ॥

 

नेता हरु सबै मिलेर अहिले, ल्याए सङ्कटको घरि ।

यी ऊल्लु चोरले भारतका छोराले, धेरै गरे मन्परी ॥

 

४८ साल देखि हेरौं ऐले सम्म नेताले भद्र गोल गर्यो ।

केन्द्रीय कारागारमा अटाएनन् भने, नक्खुमा राख्नु पर्यो ॥

 

नेपाली अब फेरि दाश नबनुन्, गोली नखाऊन् कतै

यो धर्ती अब फेरि लाश नगनोस्- बन्द नहओस कतै ।

 

साक्षी आज बनोस कानुन यहाँ, विदा गरी वैमन ।

कायाकल्प उठोस देश-नव भै आजै उताका दिन ॥

 

नेपाली सबमा बढोस हितको साझा अव गौरव ।

मेरो यो शुभकामना छ दिनहुँ नौलो वनोस् त्यो घर ॥

(पाठक प्रतिक्रियाका रुपमा प्राप्त यो रचना उपयुक्त लागेकाले प्रथम प्रिष्ठमा राखिएको हो-नेपालप्लस)

तपाइँको प्रतिक्रिया