“म आउँदै छु”

harihar-aryal-paris.jpg-हरिहर अर्याल 

हो प्रिया, विश्वास गर

यसपटक भने, म तिम्रो वासस्थानमा

सधैंको लागि आउँदै छु।

हुनत प्रिया, म पोहोरपनि आएँ

परारपनि आएँ र हरेक वर्ष आएँ

कहिले हुरी लिएर आएँ

कहिले बतास भएर आएँ

कहिले शुठ भित्र आएँ

कहिले बुट भित्र आएँ

कहिले चाइनाबाट आएँ

कहिले भारत हुदै आएँ र

कहिले अमेरिकापनि हुँदै आएँ

हरेक आगमनमा नारायणहिटीभित्र पसेर

हिटीको पथ्थरलाई वसन्त श्रवण गराएँ

आउन त प्रिया, म हरेक वर्ष निकम्मा भएर आएँ

हो प्रिया, विश्वाश गर

यसपटक भने म

नेपालबाटै, नेपाली हुँदै, नेपालकै

हिमाल-पहाड र तराई भएर आउँदैछु र

यसपटक भने प्रिया,

धर्तिलाई खुट्टाले कुल्चेर होइन

मुटुमा राखेर

जाबो एउटा नयाँ वर्ष मात्र होइन

किन्तु लाखौं युग बनेर,

नेपालीको स्वाधिनता अनीस्वतन्त्र, सार्वभौम र लोकतान्त्रीक भाग्यरेखा कोर्न

त्यो पनि

सुनौला अक्षरलेमात्र होइन

वीर शहीदहरुको रातो रगतले लेख्न

र उनै

शहीदहरुको आकांक्षालाई आत्मसाथ गर्ने

संविधान सभाको नयाँ वर्ष बन्दै

म आउँदै छु ।

हो प्रिया, तिमी ढुक्क भई बस

यस वर्ष भने

सफल संबिधान सभा भएर

म एउटा स्वाभिमानी गणतन्त्र नेपाल आउँदैछु

हो म गणतन्त्र नेपाल आउँदै छु ।

 २७ चैत्र २०६४, पेरिस

 

तपाइँको प्रतिक्रिया