एन आर एन फ्रान्सको अध्यक्षमा महिला उमेदवारी

एन आर एन फ्रान्सको अध्यक्ष पदको नेत्रित्व गर्न सक्ने हिम्मत गर्दै एक जना महिला अगाडि सरेकि छन् । जिता कटुवालले सारा फ्रान्सवासी एन आर एन ए को नेत्रित्व गर्न आफू सक्षम रहेको दाबी गर्दै अध्यक्ष पदमै उमेदवारी घोषणा गरेकि हुन् । उनले आफू लामो समयदेखि सामाजिक सेवामा लागेको, संघ संस्थाको नेत्रित्व गरेकाले सक्षम र परिपक्क रहेको भन्दै अध्यक्ष पदमा उमेदवारी घोषणा गरेको बताएकि छन् ।

जिता लामो समयदेखि फ्रान्समा बस्दै आएकि छन् । उनको आफ्नै ब्यवशाय छ । उनले नेपालमा असहाय र दुखमा परेका, एकल महिलाहरुलाई सबल बनाउने कार्यक्रम ल्याउने र सहयोग गर्ने पाकोफेन भन्ने संस्थाको नेत्रित्वपनि गरेकि हुन् । त्यसैगरि, उनले एन आर एन ए फ्रान्समा रहेर संस्थागत अनुभवपनि लिएकि छन् । फ्रान्समा हुने सामाजिक संघ संस्थाका बिभिन्न कार्यक्रममा समय, साथ र सहयोग गर्दै आएकि उनले आफू एन आर एन ए जस्तो संस्थामा सबल, सक्षम र नयाँ सोच सहित नेत्रित्व गर्नुपर्ने देखिएकाले आफू त्यसकालागि सक्षम रहेको नेपालप्लससितको सम्पर्कमा बताईन् ।

एन आर एन ए फ्रान्स अहिलेसम्म सबल बन्न नसकेको, धेरै नेपालीहरु यसमा आबद्द बन्न नसकेको र नयाँ योजनाका साथ काम नभएकाले आफूले नेत्रित्व लिएर अगाडि बढ्न चाहेको बताईन् । महिलाहरु नेत्रित्वमा अगाडि नबढेको, नबढाएकाले महिलाहरुपनि पुरुषभन्दा कम सक्षम नरहेको बरु अझ सबल नेत्रित्व गर्न सक्षम रहेकोपनि उनले बताईन् । ‘एन आर एन ए अब पुरानै ढाँचामा चल्न सक्दैन र हुन्न । मैले वर्षौं देखि लिएको संस्थागत अनुभवलाई प्रयोग गरेर एन आर एन ए फ्रान्सलाई नेत्रित्व गर्न सक्छु भन्ने निर्धक्कताले अगाडि बढेकि छु । महिलाहरुपनि पुरुषभन्दा कम छैनन् भन्ने काम गरेरै देखाउन चाहन्छु ।’

यहि अगस्ट २९ र ३० मा जर्मनीको फ्र्यांकफर्टमा भएको एन आर एन ए युरोपेली भेलाले एन आर एन को नेत्रित्व तहमा ३३ प्रतिशत महिलाहरुको सहभागिता सुनिश्चित हुनुपर्ने पास गरेकालेपनि महिलाहरुलाई नेत्रित्वमा जानदिनुपर्ने भनाई उनको थियो । ‘महिलाहरुलाई ३३ प्रतिशत स्थान सुरक्षित भनेपछि त सबल र सक्षम महिलालाई नेत्रित्वमा जानदिनुपर्‍यो नी ‘ उनले भनिन् ।

आफ्नो फ्रान्स बसाईका क्रममा थुप्रै नेपाली दाजुभाई दिदिबहिनीहरुलाई आपत बिपत र अप्ठेरो पर्दा सहयोग गरेकाले र अनुभवपनि भएकालेपनि आफू बिजयी हुने दाबी उनले गरिन् । भनिन् ‘मैले उमेदवारी सार्वजनिक गर्नासाथै धेरैको शुभेक्षा पाएकि छु । मलाई सहयोग गर्न, बिजयी गराउन र महिलला नेत्रित्व हेर्न पनि धेरैले चाहेको पाएँ । मैले एन आर एन ए फ्रान्सको नेत्रित्व सम्हाल्ने छु भन्नेमा म ढुक्क बन्दै गएकि छु ।’ आफूलाइ सहयोग गरेर एक पटक महिला नेत्रित्वलाई अवशर दिनपनि उनले फ्रान्सवासी सबैलाई आव्हान गरेकि छन् ।

तपाइँको प्रतिक्रिया