गजल

अनिता बस्याल, फिनल्याण्ड

 

एकै घरका सन्तान पनि मधिसे र पहाडी यहाँ

 

दाजुभाइमा फाटो ल्याउन कस्ले खन्यो खाडी यहाँ ?

 

 

आपसको फुटले सधैं विध्वंसलाई निम्त्याउँछ

 

हातमा हात समातेर जानुपर्छ अगाडि यहाँ

 

 

क्षेत्रियता, जातियता फुट ल्याउने तत्व न हुन्,

 

हामी आफैं फुट्यौं भने आउँछ ठुलो बाढी यहाँ

 

 

बाहिरबाट मिठा-मिठा सपना देखाइ लोभ्याउँछन्

 

बुझ्नुपर्छ गाँठी कुरा धेरै छन् गफाडी यहाँ

 

 

चारैतिर शतरंजका गोटिहरु छरेका छन्

 

हामी थोरै चुक्यौं भने गोटी चाल्छन् खेलाडी यहाँ

(साथीहरु, कविता, गित र गजलका चाङ लागेका छन् नेपालप्लसमा । त्यसैले ति तुरुन्तै प्रकाशित हुनसक्ने अवस्था छैन । नयाँ लेखकको हकमा भने तत्कालै प्रकाशित हुन्छ एक पटककालागि । त्यसपछि तपाईको रचना स्विक्रित भएको भएपनि प्रकाशित हुन केहि समय लाग्छ । तुरुन्तै प्रकाशित होस् भन्ने चाहनुहुन्छ भने अन्य विषय र बिधामा पनि कलम चलाउनुहोस । जस्तोलाइ पनि कविता, गजल भन्ने मानसिकता छोडेर अलि स्तरिय पठाउन अनुरोध छ । पाठक प्रतिक्रिया संबन्धित विषयमा लेख्नुहोला । सन्दर्भ बाहिर गएर नलेख्नुहोस । असभ्य भाषा प्रयोग गरिएका र ब्यक्तिगत गालिगलौजले भरिका प्रतिक्रियामाथि बन्देज गरिनेछ-नेपालप्लस डट कम)

तपाइँको प्रतिक्रिया