क्यान्सर पिडित प्रिया गुरुङलाई बचाउन गोर्खा समाज बेल्जियमको सहयोग, केहि सहयोग जुटाइदिन अभियानकर्ताहरुको आग्रह

गोर्खा जिल्ला मान्बु दुइ निवासी १९ वर्षिया प्रिया गरुङ्ग नशाको क्यान्सरबाट पिडित थिइन् । यति ठूलो रोगको उपचार कसरि गर्ने ? कसले जुटाईदिने खर्च ? गाउँका मानिसलाई एकैचोठि ठूलो रकम कसले दिन्छ ? बिपतमा थिईन् उनी । गाउँकै दुई हिम्मतिला बिध्यार्थीहरुले रकम जुटाउने हिम्मत गरेपछि उनको उपचार हुने मेसो बन्यो । बल्लतल्ल सहयोग जुटाएर नयाँदिल्ली लगियो । नयाँदिल्ली स्थित राजिब गान्धी क्यान्सर हस्पिटलमा उपचार भैरहेको छ उनको । नयाँदिल्ली पुग्नुको कष्ट र कथापनि मन कटक्क खाने खालको छ।

(माथिल्लो तस्विरमा सहयोगि प्रिया गुरुङ र तल्लोमा बबिता गुरुङ)

एउटा बिकट गाउँ र सामान्य परिवारमा हुर्केकी साथीलाई क्यान्सर लागेपछि दुई युवतीको मन पोल्यो । बिबिएस अध्ययन गर्दै गरेकी प्रिया गुरुङलाई बचाउन सोहि गाउँकी पुब्लिक हेल्थमा ब्याचलर गर्दै गरेकी प्रिया गुरुङ उठिन् । संयोगले पिडित र उनको साथीसित नामपनि मिल्न गयो । उनलाई एमएस्सी अध्ययन गर्दै गरेकी अर्की साथी बबिता गुरुङले साथ दिईन । दुबै जना मिलेर सहयोगको लागि अभियान चलाए ।

(गोर्खा समाजको तर्फबाट सहयोग दिनेहरु)

(नेपाली जनप्रगतिशिल मोर्चा युरोपका अध्यक्ष तथा गोर्खा समाज बेल्जियमका सल्लाहकार बिष्णु भुजेल अभियानकर्तालाई सहयोग हस्तान्तरण गरिदिएपछि)

यो अभियानमा गोर्खा समाज बेल्जियमले पनि केहि सहयोग गर्ने जमर्को गर्‍यो । गोर्खा समाज बेल्जियमका अध्यक्ष्य राम घलेको पहलकदमीमा एक लाख १२ हजार रुपैंया संकलित गरियो । त्यो रकम नेपाली जनप्रगतिशिल मोर्चा युरोपका अध्यक्ष तथा समाजका सल्लाहकार बिष्णु भुजेलले अभियानकी सदश्य प्रिया गुरुङलाई बुधवार हस्तान्तरण गरिदिए ।  झन्नै एक वर्ष भारतमै बसेर उपचार गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । त्यसका लागि करिब २७ लाख रुपैयाँ लाग्ने हुनाले अझै सहयोग गरिदिन हुन अभियान टिमले मनकारिहरुसित हार्दिक अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया