नेपाली पुस्तकहरुको पेरिसमा प्रदर्शनी

पेरिसमा जून ४ र ५ का दिन भब्य रुपको नेपाली मेला आयोजना गरियो । नेपाली सांस्क्रितिक ग्रिहले आयोजना गरेको यो मेला १४ औं थियो । नेपालका विविध संस्क्रिति, भेषभुषा, सांस्क्रितिक न्रित्य र संगित लगायत नेपालको पर्यटकिय आकर्षणका थलो चिनाउन आयोजना गरिने वार्षिक मेलामा नेपाली सांस्क्रितिक ग्रिहले यो पटक नेपालका बिभिन्न लेखकका थरिथरिका पुस्तकहरु प्रद्र्शनी गर्ने चाँजो मिलाएको तियो । पुस्तक प्रदर्शनी नेपाल र विदेशमा रहेका विध्यार्थी तथा अप्ठेरो झेलेका महिलाहरुको उत्थानमा काम गर्ने पेरिसस्थित संस्था पाकोफेनले गरेको थियो ।

युरोपका कम मात्रै मुलुकमा यति धेरै प्रकारका पुस्तकहरु प्रदर्शनी गरिएका छन् । पुस्तक प्रदर्शनी गरिएको स्टलमा नेपालका प्रसिद्द लेखकहरु महाकवी लक्ष्मी प्रसाद देवकोटा र बिपी कोइरालाका पुस्तकहरु थिए । त्यस्तै अहिलेका चर्चित लेखकहरु सुधिर शर्मा, रामलाल जोशी, किशोर नेपाल, शारदा शर्मा, गणेश रसिक, मोहन मैनाली, क्रिष्ण धरावासी, खगेन्द्र संग्रौला, प्रदिप नेपाल, रविन्द्र समिर, नयनराज पाण्डे, महेश बिक्रम शाह लगायतका पुस्तकहरुपनि थिए । मदन पुरस्कार बिजेता राधा पौडेल, महेश बिक्रम शाह, रामलाल जोशीका पुस्तकपनि राखिएको थियो । गैह्र आवाशिय नेपाली संघका प्रमुख संरक्षक तथा चर्चित उध्योगी, ब्यापारी जिवा लामिछानेको पुस्तक सर्सर्ति संसारपनि स्टलमा प्रदर्शनीकालागि राखिएको थियो । स्टलमा करिब २०० थरिका पुस्तक थिए ।

पुस्तक प्रदर्शनीमा पुगेका पेरिसका ब्यवशायी रविन शर्मा ओलीले एकै साथ करिब एक दर्जन पुस्तक खरिद गरेका थिए । उनले भने ‘नेपालमा कस्ता कस्ता पुस्तक निस्किएका रहेछन् र ककसले पुस्तक लेखेक रहेछन् भन्ने जान्नपनि मलाइ उपयोगि भयो । मैले नामै नसुनेका पुस्तकपनि पाएँ ।’

मेला अयोजक संस्था नेपाली सांस्क्रितिक ग्रिहका अध्यक्ष हेमन्त उपाध्यायपनि पुस्तक प्रदर्शनी गर्न पाएकोमा दंग थिए । मेलामा केहि पुस्तक पारखिहरुका बिचमा बसेर नेपाली पुस्तकबारे छलफल गर्दै रहेका उनले भने ‘नेपाललाई प्रवर्धन गर्ने हाम्रो उद्देश्य हो । नेपालका लेखकहरुका बारेमा बिदेशमापनि चर्चा होस्, नेपाली पुस्तकहरुका बारेमा पुराना र नयाँ पिँढिले जानुन्, किनेर पढुन भनेरपनि हामीले यस पटक पाकोफेन भन्ने संस्थालाई यसको जिम्मेवारि दिएका हौं । अन्तत पुस्तक प्रदर्शनीले धेरै पाठकलाइ तानेकोमा खुशि लागेको छ ।’

साहित्यकार हरिहर अर्यालपनि पुस्तक खोज्दै पटक पटक पुगेका थिए । दुई दिन चलेको पुस्तकको स्टलमा दुबै दिन पुस्तक छानी छानी लिएका उनले आफूलेपनि नसुनेको र नेपाल जाँदा नदेखेका धेरै पुस्तक यो मेलामा फेला पारेको बताए । ‘मैले नेपाल पुग्दापनि यहाँका कतिपय पुस्तक देखेको थिईन । केहि पुस्तकबारे चर्चा गरेकोपनि थाह पाएको थिईन । यहांँ धेरै खाले पुस्तकहरु रहेछन् र मैले बेलैमा संग्रह गर्नुपर्छ भनेर केहि पुस्तकहरु किनें ।’

यस्ता महत्वपूर्ण पुस्तकहरु बिक्रि गर्नुभन्दा नेपाली ग्रिह बनाएर वा नेपालीहरुले पुस्तकालय बनाएर त्यसैमा संग्रह गर्नुपर्ने सुझावपनि अर्यालको थियो । ‘यस्ता पुस्तकहरु अब ककसका घरमा पुग्छन् कसरि थाह पाउने ? कतिपय बजारमै नपाइने पुस्तकहरु छन् त कतिपत दूर्लभ बनिसकेका छन् । पुस्तकालय बनाएर सबै पुस्तक एकै थलोमा राख्न पाएको भए संग्रह हुन्थ्यो, सबै नेपालीकालागि हुन्थ्यो । यहाँबाट छरिएर बिभिन्न ब्यक्तिका हातमा पुगेका पुस्तक अब कसरि सबै नेपालीले पढ्न पाउलान् ?’ हरिहर अर्यालले भने ।

पुस्तक प्रदर्शनी गर्ने पाकोफेन संस्थाले भने आफूले ऐतिहासिक काम गरेको बताएको छ । पेरिसमा पहिलो पटक धेरै नेपालीहरुले नेपालका विविध पुस्तक र बिभिन्न लेखकहरुलाई चिनाउन पाएको, पुस्तक पढ्ने चाहना हुँदाहुँदैपनि नपाएकाहरुबिच पुस्तक पुर्‍याएको भन्दै यो मेला भब्यरुपमा सफल भएको जनाएको छ । पुस्तक बिक्रिबाट उठेको रकम नेपालको एक सरकारी स्कूलमा पुस्तकालय बनाउन सहयोग दिने पाकोफेनले जनाएको छ ।

तपाइँको प्रतिक्रिया