पेरिसमा कुमारीको रथ र लाखेनाच

हिजो पेरिसमा नेपाली मेला शुरु भयो । नेपालका बिभिन्न जात र जातिका सांस्क्रितिक झल्को दिने खालको ग्रिह बनाउने र नेपाललाई प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर स्थापित मेजों कुल्चुरेल दु नेपाल (नेपाली सांस्क्रितिक ग्रिह) ले आयोजना गरेको यो मेला नेपालकै झझल्को दिने खालको छ । पेरिसमा आयोजना गरिएको नेपाली सांस्क्रितिक मेला पुरै तोरण र ध्वजा पताकाले सजिएको छ । मेला हेर्न थुप्रै नेपाली र फ्रान्सेली आएका छन् । मेलामा कुमारीको रथ तान्ने र लाखे नाच समेत नचाउने गरेकाले थप आकर्षण बढेको छ । मेला आज आइतवारपनि छ ।

मेला आयोजना भएको क्षेत्र भाँसेनको पार्क भित्रको ‘बुद्दको प्यागोडा’ क्षेत्रमा नपस्दै बाहिरैबाट नेपाली संगित सुनिन्छ । नेपाल र नेपाली भनेर जाने त छँदै छन्, भाँसँ पार्क भ्रमणकलागि जानेमध्येको ठूलो संख्या यहाँ मेला हेर्न जाने गर्छन् । यो मेला नेपाली ग्रिहले हरेक वर्ष गर्छ । हरेक वर्ष केहि न केहि थप आकर्षण राख्ने गर्छ । यो वर्ष शिव लिंगको आक्रिति बनाइएको छ । यसले थप आकर्षण दिएको छ । मेलामा गत वर्षदेखि रत्यौली नाचपनि थपिएको छ ।

त्यस्तै यो वर्ष साकेला नेन्रित्यपनि देखाइयो । गुरुङ नाच, तामाङ सेलो, सूदुर पश्चिमको देउटा नाच, तिज न्रित्य आदि विशेष कहले नाचहरु मेलामा दिनभरिनै हेर्न सकिन्छ ।

त्यसबाहेक नेपाली पस्मिना, पोस्ट कार्ड, गरगहना, चिया लगायतका विशेष नेपाली सामाग्रिका स्टलहरुपनि राखिएका छन् ।

मेलामा पहिलो पटक पाकोफेन भन्ने संस्थाले नेपाली भाषाका चर्चित पुस्तकहरु बिक्रिको लागि राखेको छ ।

मम, नेपाली दालभत, अचार, समोसा, सेल रोटी लगायतका नेपाली परिकारपनि मेलामा चाख्न पाइन्छ ।

तपाइँको प्रतिक्रिया