डोनाल्ड ट्रम्पको बिरोध र्‍यालीमा नेपालीसहित लाखौं सहभागि

अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले आज युरोपेली परिषदको मुख्यालय बेल्जियमस्थित ब्रसेल्स आइपुग्नासाथ लाखौंको बिरोध सामाना गर्नुपर्‍यो । विश्वकै शक्तिशाली नेता मानिएका उनको आवागमनका बिरुद्द लाखौं मानिसहरु सडकमा उत्रिए । ट्रम्पले लिएको वर्तमान निति विश्व जगतकालागि हानीकारक, क्षेतिपूर्ण र मानविय हित बिरुद्द भएको भन्दै उनको भ्रमणको विरोध गर्नकालागि ति सडकमा उत्रिएका हुन् । त्यसमा नेपालीहरुपनि सहभागि भए । नेपाली जनप्रगतिशिल मोर्चाका तर्फबाट नेपालीहरु ट्रम्प बिरुद्दका प्लेकार्ड र ब्यानर बोकेर बिरोधमा सहभागि भएका थिए ।

उनीहरुले ‘डोनाल्ड ट्रम्प तिमीलाइ हामीले स्वागत गर्दैनौं, तिम्रो निति मुर्दावाद, रंगभेदी ट्रम्प फिर्ता जाउ’ लगायत दर्जनौं नारा लेखिएका प्लेकार्ड बोकेर बिरोध गरेका छन् । नाटो सन्धि संगठनमा आबद्द राष्ट्रहरुको बैठकमा भाग लिन उनी आज बेल्जियम आएका हुन् ।

डोनाल्ड ट्रम्पलाई लैंगिक समानता बिरोधी, रंगभेदी, वातावरणिय संरक्षण बिरोधी, विश्वमा बढ्दै गएको बढ्दो तापक्रम बिरुद्दको सन्धि र संझौता बिरोधी, मानविय हितका आधारहरुबिरोधी, सामाजिक सहयोग संरचना बिरोधीका रुपमा चर्चा गरिएको छ । साथै उनलाई मानिसहरुलाई बिभाजित गर्ने, स्वतन्त्र मेडियाको हुर्मत लिने, श्रमिकहरु बिरुद्दका निति बनाउने, सामाजिक अधिकारहरु कटौतिगरि धनाढ्यहरुको स्वार्थमात्रै हेर्ने नेताका रुपमा र्‍यालीमा सहभागिहरुले आरोप लगाएका छन् ।

ट्रम्प बिरुद्द र्‍याली गर्ने सार्वजनिक गरिएपछि त्यहाँको सुरक्षा ब्यवस्था कडा पारिएको थियो । तर र्‍यालीमा लाखौं मानिसहरु उनका बिरुद्द उभिएको जनाइएको छ ।

(फोटो स्रोत- शेर बहादुर छन्त्यालको फेसबूक)

तपाइँको प्रतिक्रिया