स्लामिक स्टेटले लियो, मन्चेस्टरमा भएको बम काण्डको जिम्मेवारी

बेलायतको मन्चेस्टरमा सोमबार भएको हमलाको जिम्मेवारी स्लामिक स्टेटले लिएको छ । सन् २००५ पछि बेलायतमा सबैभन्दा ठूलो मानिएको हमलाको जिम्मेवारी इस्लामिक स्टेट (इसिस्) ले आज लिएको हो । यो हमलामा मारिनेको संख्या २२ पुगिसकेको छ । अमेरिकी गायक आरियाना ग्रण्डले २१ हजार सिट क्षमताको मन्चेस्टर आरेन हलमा गित गाएर सक्नै लाग्दा भएको त्यो बम आक्रमण साँझ साढे दशबजेतिर भएको थियो ।

मूलत किशोर किशोरीहरुको प्रमुख आकर्षण रहेको उक्त कन्सर्टपछि तिनलाई लिन आफन्तहरु मूल ढोका वरिपरि कुरेर बसेका थिए । त्यहि बेला बम आक्र्मण भएपछि त्यसले मूल द्वारलाईनै छतबिच्छद पारिदिएको थियो । त्यसमा परेर दर्जनौं घाइते भएका छन् । करिब ५९ जनालाई अस्पत्ताल भर्ना गरिएको छ । ति मध्ये केहि  गम्भिर अवस्थामा छन् ।

स्लामिक स्टेटले सामाजिक सञ्जाल मार्फत त्यो बम काण्ड आफूले गराउन सफल भएको भन्दै जिम्मेवारी लिएको द न्युयोर्क टाईम्सले जनाएको छ । यसका बारेमा बेलायती प्रशासनले कुनै प्रतिक्रिया जनाइसकेको भने छैन । हमलाको दाबी गरेको स्लामिक स्टेटले आफ्नो एक जना सेना (लडाकू) मार्फत कन्सर्ट हलको मूल द्वारनजिक बम पड्काउन सफल भएको जनाएको छ ।

उक्त घटनापछि बेलायती प्रधानमन्त्री तेरेसा मेले एक जना आतंककारीले कार्यक्रमस्थलको एक द्वार नजिक बम पड्काउन सफल भएको, आफ्ना किशोरकिशोरीहरुलाई लक्षित गरेको र सकेसम्म धेरै क्षति पुर्‍याउने लक्ष्य लिएको प्रतिक्रिया दिएकि छन् । ‘युवायुवती, किशोर किशोरी र तिनका निर्दोष परिवारले जिवनको एक संझनायोग्य क्षण बिताइरहेका बेला आतंककारीले गरेको यो अमानविय, ग्रिणित र कायर हमालाको हामी भर्त्सना गर्छौं ।’ उनले स्थानिय टिभीसित भनिन् ।

तपाइँको प्रतिक्रिया