चुनावकालागि विज्ञप्ति निकाले ज्ञानेन्द्रले

king-gyanendra.jpgज्ञानेन्द्र शाहले आज एउटा बिज्ञप्ति जारी गरेर फेरी सन्सनी फैलाएका छन। पहिले पहिले उनले शासन सत्ता हातमा लिने, संकटकाल लगाउने त प्रधानमन्त्री फेर्ने गरेर सन्सनी फैलाउने गर्थे। आज त उनले अचम्म गरे। संविधान सभाको निर्वाचनमा वालिग मताधिकार भएकाजति सबैलाइ मतदान गर्न आव्हान गरेर। उनको संवाद सचिवालयले आजै बिहान उनको बिज्ञप्ति जारी गरेको हो। बिज्ञप्तिमा उनले संविधान सभाको निर्वाचन शान्तिपूर्ण, स्वच्छ र भएमुक्त वातावरणम हुने कुरामा आफु ढुक्क भएको बताएका छन।

उनले यो निर्वाचनले देशलाई प्राजातान्त्रीक बाटोमा अगाडी बढाउने आशापनि गरेका छन। बिज्ञप्तिमा बरु उनले आफ्नो पहिलेको कुकर्मको बचावटपनि गरेछन। उनले भनेका छन-हामी सधै जनताको मत र आकांक्षाका पक्षमा थियौं।

भोली संबिधान सभाको चुनाव हुँदैछ। यो चुनाव निष्पक्ष र शान्तिपूर्ण वातावरणमा भयो भने नेपालबाट राजतन्त्र सदाका लागि बिदा हुने कुरामा शंकै छैन। राजतन्त्र फाल्नैका लागि हुन लागेको निर्वाचनमा वा आफैलाई निकाला गर्न लागिएको निर्वाचन राम्रो सित होस भनेर किन उनले बिज्ञप्ति जारी गरे? राजा अब सच्चियो भनेर जनताको माया बटुल्न? कि फेरीपनि राजतन्त्रका पक्षमा भोट खस्ला भनेर ? कि अन्य कुनै षडयन्त्रको रचनाको मन्द विषका रुपमा ?

तपाइँको प्रतिक्रिया