फोरमले आफ्नै नेत्रित्वमा सरकार बनाउने, एमाले जिल्ल

संसदमा तेस्रो ठुलो दल भएर पनि सरकार आफ्नै नेत्रित्वमा बनाउँछौं भन्दै हिँडेको एमाले फेरि जिल्लिने भएको छ । हरुवा सभासद माधव नेपालको कोट फेरि थन्किने भएको छ प्रधानमन्त्री बन्न नपाएर । मधेशी जनअधिकार फोरमले आफ्नै नेत्रित्वमा सरकार बनाउने निर्णय गरेपछि एमाले जिल्लिने अवस्था भएको हो । हिजै साँझदेखि आगामी सरकार बनाउन कस्तो निर्णय गर्ने भन्ने विषयको निर्क्यौल गर्न बसेको फोरमको बैठकले निक्कै रस्साकस्सी पछि आफ्नै नेत्रित्वको सरकार बनाउने निर्णय गरेको हो । एमाले नेत्रित्वको सरकारमा जाने कि, बाहिरै बसेर सहयोग गर्ने कि, फेरिपनि माओवादीकै नेत्रित्वको सरकार बनाउन सहयोग गर्ने वा आफ्नै नेत्रित्वको सरकार बनाउने भन्ने बिभिन्न बिकल्पबारे छलफल हुँदा अन्तत फोरमले आफ्नै नेत्रित्वको सरकार बनाउने निर्णय गरेको हो ।

अस्ति एकिक्रित माओवादीसँग छलफल हुँदा माओवादीले सहयोग गर्ने हरियो संकेत पाएपछि फोरमले आफ्नै नेत्रित्वको सरकार बनाउने निधो गरेको बुझिएको छ । अब फोरमलाई एकिक्रित माओवादीको समर्थन रहन सक्नेछ । उता नेकपा (एमाले) र कांग्रेसलेपनि फोरम बिनानै सरकार बनाउनकालागि आवस्यक संख्या पुर्‍याउने दाबी गरिरहेका छन् । दुबै तर्फका दाबीबिच कांग्रेस र एमालेलाई समर्थन दिएको भनिएका दल फेरि भाँडिन सक्ने संकेत देखिएको छ ।

तर सरकार फोरमलेनै बनाउँछ भन्ने अहिलेनै निस्चित गर्न भने गाह्रो छ । सभासदहरु अब कता लाग्ने हुन्, कुन दलले कसलाई समर्थन गर्ने हो त्यसैम भर पर्ने छ अबको सरकार फोरम वा एमाले नेत्रित्वको । यहिबिच फेरि बहुदलिय संसदिय कालमा झैं सरकार बनाउने खेलमा आआफ्नो तर्फ महुमत पुर्‍याउन सभासदहरु भेडाबाख्रा जसरि किनबेच हुने हुन् कि भन्ने आशंकापनि देखिंदै छ ।

तपाइँको प्रतिक्रिया