स्वतन्त्र मध्यमार्गी माक्रो फ्रान्सका नयाँ राष्ट्रपती

macron

फ्रान्सकै ईतिहाँसमा कम उमेरका एमानुयल माक्रों नयाँ राष्ट्रपती चुनिएका छन् । उनन्चालिस वर्षिय उनले ६५ दशमलव एक प्रतिशत मत ल्याएको फ्रान्सेली मेडियाले जनाएका छन् । उनका प्रतिद्वन्दि मारिन लपेनले ३४ दशमलव नौ प्रतिशत मत ल्याईन । माक्रों स्वतन्त्र मध्यपन्थि मानिन्छन् । लपेनलाई भने अतिवादी भनेर बिरोधीहरुले प्रचार गर्छन् ।

माक्रोंले आज बिजय हासिल गरेपछि चर्चका अगाडि गएर ‘सारा विश्वले फ्रान्सलाई नियालीरहेको, फ्रान्सलाई आर्थिक सामाजिक रुपले बलियो बनाउन धेरै काम गर्नुपर्ने र त्यसकालागि आफूले सबैसित मिलेर पहल गर्ने’ बताए ।

तिन वर्ष अगाडिसम्म माक्रोंको नाम उति सुनिएको थिएन ।  उनी पहिले राष्ट्रपति फ्रँस्वा होलँदका राजनितिक सल्लाहकार थिए । उनी उति चर्चामा थिएनन् । अघिल्लो निर्वाचनमा राष्ट्रपति पदकालागि उमेदवार बनेका फँस्वा बेरुको लाइनका माइन्छन् माक्रों । बेरुले उनलाई जिताउन भरमग्दुर प्रयास गरेका थिए । माक्रोंको लाईन मध्यमार्गी हो । अन्तिम चरणमा अतिवादी लाइनकी मारिन लपेनले जित्नसक्ने त्रास स्रिजना भएपछि समाजवादीहरुलेपनि अतिवादीलाई जिताउनुहुन्न भन्दै मध्यमार्गी माक्रोंलाई मतदान गरेका हुन् । समाजवादी, ग्रिनपार्टी लगायत सबै न्युट्रल मतसमेत पाएकाले माक्रोले ल पेनलाई ठूलो मतको अन्तरले जितेका हुन् ।

तपाइँको प्रतिक्रिया