गजल : गोली हानी मारे हुन्छ
- रेशम राजभण्डारी
सार्दै छौ रे डेरा तिमी
ढुक्क भई सारे हुन्छ
किन राख्छेउ तड्पाएर
गोली हानी मारे हुन्छ
+++++++++++++++
ब्यवहारको कारणबाट
अविश्वाश जन्मेपछि
यथार्थता जान्नलाई
जति सक्छेउ खारे हुन्छ
किन राख्छेउ तड्पाएर
गोली हानी मारे हुन्छ
+++++++++++++++
अनायास सत्य कुरो
केहि खुल्न थाल्यो भने
नभनेर सबै कुरा
त्यत्तिकैमा टारे हुन्छ
किन राख्छेउ तड्पाएर
गोली हानी मारे हुन्छ
+++++++++++++++
हार्दिक्तामा बदलियला
जस्तो लाग्थ्यो माहुल
मुस्किल साह्रै भाछ भने
बोलचाल अब बारे हुन्छ
किन राख्छेउ तड्पाएर
गोली हानी मारे हुन्छ
+++++++++++++++
धेरै प्रयास भएको थ्यो
यो जिवन यात्रामा
माथि बढ्न सकिएन
अझै तल झारे हुन्छ
किन राख्छेउ तड्पाएर
गोली हानी मारे हुन्छ
+++++++++++++++
यि अमुख वाणी अनि
नजरको तिरले
धेरै सताएजस्तो लागे
कठघरामा पारे हुन्छ
किन राख्छेउ तड्पाएर
गोली हानी मारे हुन्छ
+++++++++++++++
जिन्दगीको हरेक बाजी
कति मार्छेउ आफू मात्रै
यो रेशमको लागि अब
एउटा बाजी हारे हुन्छ
किन राख्छेउ तड्पाएर
गोली हानी मारे हुन्छ
+++++++++++++++
सार्दै छेउ रे डेरा तिमी
ढुक्क भई सारे हुन्छ
किन राख्छेउ तड्पाएर
गोली हानी मारे हुन्छ