गजल

-नेपोलियन मरहट्टा 

 

nepolian-marahatta-chitwan

कतै पनि नमिलेको भारी भो गणतन्त्र,

 

त्यही भारी बोक्ने अवतारी भो गणतन्त्र ।

 

 

हतियार उठाउनेलाई फूलमाला लाइदिँदा,

 

देशद्रोही शितल बस्ने छहारि भो गणतन्त्र ।

 

 

बिनाश काले बिपरित बुद्धी, देश डुब्दै गयो,

 

ज्यानमारा, तस्करी र ब्यापारी भो गणतन्त्र ।

 

 

नेता जती अत्याचारी, जन्ता पनि धुन्धुकारी,

 

न क्यै खायो, न क्यै लायो भिखारी भो गणतन्त्र ।

 

 

ताली बजा,ढोल बजा,दसैं मना सिँहदरबार ,

 

देश नाँगै नचाउने मदारी भो गणतन्त्र ।

 

 

अत्याचार,बलत्कार जे मन लाग्छ गरे हुन्छ,

 

नारीलाई पुरुष, पुरुषलाई नारी भो गणतन्त्र ।

 

[email protected]

तपाइँको प्रतिक्रिया