अगाडि बढ्न देउ
घायलश्री, पर्बत
हो….!
यात्रा मेरो लामो छ र जटिल पनि
तर ……
कोही नडराउ कोही नतर्स
यो यात्रा मेरो मात्रा होइन
हामी सबैको हो,
तिनै धुर्त स्याल र ब्वाँसाहरुबाट
शिकार हुनुपर्दा,
आफ्नै आँखा अगाडि
बहिनी र छोरी जस्ता चेलीको
इज्जत लुटिँदा…
हो तिनै यौन पिपाशुलाई खतम गर्न
तिनै दानबहरुबाट मुक्त्ती पाउनको लागि
कलम चलाऊने हातले
तरबार खेलाउनु परेको छ
पुस्तक बोक्ने झोलामा
भरुवा-बन्दुक बोक्नु परेको छ
यो मेरो रहर होइन
बाध्यता अनी कर्तब्य पनि हो
त्यसैले कोही नडराउ
म बाट कोही नतर्स
मलाई अगाडि बढ्न देउ
न्याय र मुक्त्तिको लागि
मलाई साथ देउ !
(तस्बिर संयोजन गरिदिनु भएकोमा बेल्जियमका मित्र सुभास छ्न्त्यालजीलाई धन्यवाद-नेपालप्लस) ।





