“अब नेपाल र स्पेनको संवन्ध अझै प्रगाढ बन्छ” स्पेनका राजा फेलिपे छैटौ
- भोला लामिछाने / यूरोप
स्पेनका राजा फेलिपे छैटौले नेपाल सरकारले स्पेनमा दुताबास स्थापना गर्न लागेको सुन्दा निकै खुसि भएको बताएका छन् । रोयल प्यालेस म्याड्रिडमा बुधबार आयोजित एक विशेष समारोहबीच फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देबी लुईटेल समक्ष उक्त कुरा बताएका हुन् । अहिले स्पेनमा दुताबास नहुँदा फ्रान्स स्थित नेपाली राजदुताबास पेरिसबाट यहाँका बिभिन्न कागजी कारबाहीहरु हेर्ने गरिएको छ ।
लूइटेल स्पेनका राजा फेलिपे छैटौ समक्ष ओहदाको प्रमाणपत्र पेश गर्न स्पेनको राजधानी मड्रिड पुग्दा गैर आवासीय नेपाली संघ स्पेनको मड्रिड शाखा द्वार्रा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा समेत सहभागी बनेको मड्रिड शाखाका अध्यक्ष रोशन पाठकले बताए । अन्तरक्रियामा स्पेनमा रहेका नेपालीहरुले भोग्नु पर्ने समस्याहरुको अवगद गराउँदै स्पेनका राजा समक्ष लगिदिन अनुरोध समेत गरेका थिए । ‘स्पेनमा दूतावास खोल्नेबारे राजालाई पहिले नै जानकारी रहेछ’ भन्दै यसले झन् दुई मुलुकबीचको द्विपक्षीय सम्वन्धलाई सुदृढ,सुमधुर र घनिभूत बनाउने विश्वास राजाबाट ब्यक्त भएको जानकारी दिइन । राजा फिलिपे छैटौले सन् २०१४ देखि स्पेनको राजगद्दी सम्हाल्दै आएका छन् ।
एन आर एन ए मड्रिड शाखाको आयोजना आयोजित अन्तरक्रियामा गैह्रआवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्व परिषद स्पेनका सदस्य एकराज गिरि समेत सहभागी थिए ।





