आफ्नै नेताको हत्या गराउन उक्साउने को को रैछन् कांग्रेसका नेता

सत्तामा पुग्न, कुर्सी हत्याउन र पार्टीमा आफ्नो हैसियत बलियो बनाउन के मात्रै गर्ने रहेनछन् त नेताहरु ? नेपाली कांग्रेस होइन सबैभन्दा हत्या हिंसाको बिरोध गरेझैं गर्ने ? देशमा शान्ति हुनुपर्‍यो भन्दै सबैभन्दा बढि कुर्लनेमा कांग्रेस बाहेक अर्को कुनै पार्टी छ ? अझ त्यसका नेताहरु खासगरि शुसिल कोइराला, अर्जुननरसिं केसी, रामशरण महत, शेरबहादुर देउवा र खुमबहादुर खड्का झन बढि कुर्लन्छन् होइन ? तर हेर्नुस त यि नेताहरुले संकटकालका बेला आफ्नै पार्टीका एक नेताले अर्को नेतालाई हत्या गर्न माओवादीलाई उक्साउने, अनुरोध गर्ने गरेका रहेछन् । कोहि आफ्नै नेतालाई मारेर फाईदा खोज्ने रहेछन् । अनि माओवादीलाई सोध्ने रहेछन्-मलाई के फाईदा हुन्छ यो नेतालाई मारेर भन्दै । कांग्रेस कति हत्या हिंसा बिरोधी पार्टी रहेछ भन्ने हिजो जनआस्था साप्ताहिकमा प्रकाशित एउटा लेखले देखाउँछ त्यसका बरिष्ठ नेता आफ्नै सहकर्मीको हत्या गराएर पदमा पुग्न कति मरिमेटेका रहेछन् भन्ने एउटा लेख छापिएको छ ।

 

गत संकटकालमा काठमाडौं उपत्यकामा काम गरेका तत्कालिन नेकपा (माओवादी) का नेता (हाल केन्द्रिय सदस्य) अनिल शर्माको लेख छपिएको छापिएको छ हिजोको जन आस्थामा । त्यसमा उनले संकटकालका बेलापनि नेपाली कांग्रेसका केन्द्रिय नेताहरुसित निरन्तर भेट हुने गरेको उल्लेख गरेका छन् । त्यस्ता भेटघाटका क्रममा कांग्रेसका नेता अर्जुन नरसिं केसीले डा राम शरण महतको हत्या गरिदिन आग्रह गरेका रहेछन् माओवादीलाई । अनि उनको हत्याको लागि हामीले कस्तो सहयोग गर्नुपर्छ भन्नुसभन्दै सहयोगको प्रस्ताब गरेका रहेछन् । फेरि रम शरण महत पो के कम ?महत पक्षले अर्जुन नरसिं केसीको हत्या गरिदिन आग्रह गर्दै त्यस्तै सहयोगको प्रस्ताब गर्ने रहेछन् ।

 

त्यतिमात्रै हो र ? संकटकालकै समयमा एक पटक माओवादीको जनसेनाको काठमाडौंको कार्य दलले कांग्रेस नेता सुशिल कोइरालाको घरमा चेतावनी स्वरुप बम हानेको रहेछ । त्यो बेला पटक पटक प्रधानमन्त्री भैसकेका शेरबहादुर देउवाले उनको हत्या गर्नुपर्ने बताउँदै माओवादीलाई भनेका रहेछन् “सफाया गर्नुपर्थ्यो, बेकारमा जिस्काउनु मात्रै भयो” ।

 

संबिधान सभाको निर्वाचन अघि जनमुक्ति सेनालाई प्रचण्डले दिएको प्रशिक्षणको भिडियो टेपलाई शान्ति संझौता भंग गर्ने हिसाबले नेपाली कांग्रेसले निकै प्रचार प्रसार गरेको भन्ने अर्थमा लिएको रहेछ माओवादीले । माओवादीले कटुवाल गूटको योजनामा माओवादी बिरुद्द भण्डाफोर चलाएको भनेर बुझेको रहेछ । यदि अर्काको उक्साहटमा माओवादी बिरुद्द त्यसरि भण्डाफोर गर्ने हो र बिगतका गोप्य कुरा खोल्ने हो भने आफुहरुसित पनि कांग्रेस नेतहरुका अपराधका थुप्रै पोका भएको र ति सबै खोल्ने चेतवानी दिएका छन् आफ्नो लेख मार्फत माओवादी केन्द्रिय सदस्य अनिल शर्मा ले

 

जनआस्था साप्ताहिकमा हिजो प्रकाशित अनिल शर्माको लेख तल हेर्नुस

 

हामीसँग पनि भण्डाफोरको हतियार

 

अनील शर्माविरही

 

नेपाली क्रान्ति यसवेला फेरि एकपटक क्रमभंगता नयाँ छलाङ हान्नुपर्ने चरणमा प्रवेश गरेको कतिपय विश्लेषकले यसलाई हाम्रा लागि असजिलो वा प्रतिकूल स्थिति पनि भन्न थालेका छन् निरन्तरतामा क्रमभंगता एकप्रकारको असजिलो वा प्रतिकूल हुन्छ नै . किरणले बालाजु विस्तारित बैठकमैअबको क्रमभंगता विपत्तिमय हुनेछभन्नुभएको थियो तर, यो क्रमभंगता प्रतिक्रान्तिकारी शक्तिको पहलमा होइनकी क्रान्तिकारी शक्तिको पहलमा सृजना गरिएका कारण नेपाली क्रान्तिले अग्रगामी छलाङ हान्नेछ यसलाई ठीकस बुझनका लागि जनयुद्धका विपत्तिमय दिनलाई फर्केर हेर्न जरुरी

 

जनयुद्धको सुरुवात नेपाली क्रान्तिकारी आन्दोलनको निरन्तरतामा क्रमभंगता थियो निरन्तरता आफैमा सुधारवाद हो निश्चित समयसम्मको मात्रात्मक विकासले गुणमा फड्को हान्ने माग गर्छ ०५२ फागुनमा जनयुद्धका रूपमा गरिएको क्रमभंग अग्रगामी छलाङ थियो नै, त्यो विपत्तिमय पनि थियो निर्मल लामासहितका पुराना नेता पार्टीबाट अलप भएका थिए कतिपय पुराना सशस्त्र जनयुद्धको राजनीतिलाई स्विकार्दै आएका नेताकार्यकर्ता निस्क्रिय वा पलायन भएर गए क्रान्तिकारी पंक्ति जुझारु उच्च मनोबलको थियो, तर त्यो साह्रै सानो आकारमा थियो दक्षिणपन्थी संशोधनवाद सुधारवादी विर्सजनवाद शक्तिशाली थियो प्रतिक्रियावादी शक्ति सुदृढ थियो त्यस्तो अवस्थामा जनयुद्ध सुरु गर्नु सामान्य विषय थिएन पुरानो सत्ता दक्षिणपन्थीले सुरुमै व्यापक वैचारिक भौतिक हमलालाई तीव्र पारे सामूहिक हत्याकाण्ड मच्चाएर जनतालाई आतंकित पारे भयवादको प्रचार गरियो

 

तर, कैयौं प्रतिकूलता, असजिलो भए पनि जनयुद्धले उठाएका नारा नेपाली समाजको बदलिएको चेतना वस्तुगत आवश्यकता अनुकूल थिए ती नीति कार्यक्रम प्रगतिशील विचारका थिए त्यसैले जनयुद्धप्रति नेपाली जनताको तल्लो तहको समर्थन सहभागिता बढेर गयो त्याग, तपस्या किर्तेमानका कथा शिखर चढ्दै गए त्यसले निम्न पूजीपती वर्ग हुँदै मध्यमवर्गलाई आफूतिर तान्दै, घिसार्दै ल्यायो प्रतिकूलताहरू अनुकूलतामा बदलिए जसका कारण पुरानो सरकार विद्रोही पक्षसँ वार्ता गर्न जनयुद्धका मागस छलफल गर्न बाध्य भयो वार्ताप्रक्रियासँगै जनयुद्ध अकल्पनीय रूपले स्थापित भएर गएको थियो

 

पुरानो सत्ता माओवादीका बीचमा वार्ता चलिरहेका वेला शाही सेनाले आफ्नो हर्कतलाई बढाएर लग्यो उसले पहलकदमी लिने रणनीति बनाएर बसेको थियो त्यस्तो अवस्थामा ०५८ सालमा शाही सेनाको दाङस्थित ब्यारेकमा हमला गरेर हामीले पहल लियौं दाङमा शाही सेनामाथिको कारबाही ०५२ सालमा सुरु गरिएको जनयुद्धको निरन्तरतमा वैचारिक भौतिक दुवै रूपमा क्रमभंगता थियो क्रमभंग आफैंमा विपत्तिमय हुने गर्छ शाही सेनामाथिको आक्रमणलाई राजधानीका कतिपय दिग्गज ठान्नेहरूलेबारुलाको गोलामा ढुंगा हान्नेआरोप लगाए तर, इतिहासले के पुष्टि गर्यो भने शाही सेनाको दाङ ब्यारेकमाथिको कारबाही ०५२ पछिको अर्को महान् छलाङ थियो त्यसले जनमुक्ति सेनाको विकासमा निर्णायक भूमिका मात्र खेलेन, जनयुद्ध माओवादी नेपाली राजनीतिको केन्द्रीय विषय बन्यो जनयुद्धका नीति कार्यक्रमको पछिपछि प्रतिक्रिया जनाउनेबाहेक पुरानो सत्ता संसदीय पार्टीको हैसियत बांकी रहेन

 

शाही सेनासँ लड्नु जित्नु सहरिया बुद्धिजीवीको कल्पनाबाहिरको विषय थियो दाङ आक्रमणपछि कतिपय जिम्मेवार नेतासमेत पलायन भएका थिए केन्द्रीय कार्यालय तल्लो तहको सम्पर्क कैयौं महिनासम्म विच्छेद भएको थियो संगठन देशव्यापी अस्तव्यस्त भएर गएको स्थिति थियो शाही सेनाको हत्या अभियान प्रचार युद्धबाट प्रभावित जनताजनयुद्ध सकिने हो किभन्ने स्थितिमा थिए त्यसको प्रभाव कार्यकर्तातहमा पनि परेको थियो आत्मसमर्पण पलायनका घटना चुनौतीपूर्ण बनेका थिए जनयुद्ध न्यायपूर्ण युद्ध हुनु, माओवादीसँ अग्रगामी विचार हुनु हरक्षण पहलकदमी आफ्नो हातमा लिएका कारण प्रतिकूलताहरू अनुकूलतामा बदलिनु अनिवार्य थियो विस्तारै शाही सेनाको आक्रमणलाई निस्तेज पारियो

 

०५९/६० को तेस्रो वार्तापछि जनयुद्ध रणनीतिक प्रत्याक्रमणको चरणमा प्रवेश गर्‍यो जनयुद्धको रणनीतिक प्रत्याक्रमणलाई रोक्ने शक्ति नेपालको पुरानो सत्तामा थिएन त्यसैले उसको रक्षाका लागि भारतीय विस्तारवाद अगाडि आयो भारतीय विस्तारवादले आवश्यक परे नेपालमा उसको सेना हुल्ने तयारीसहित सीमा क्षेत्रमा अर्धसैन्य बल परिचालन गर्‍यो भारतमा किरण, गौरव, मातृकासहित पटनामा महत्वपूर्ण नेता गिरफ्तारीमा परेका थिए ती गिरफ्तारीले पार्टी निराशा, अन्योल आशंका बढेर गए अन्तरविरोध शत्रुतापूर्ण बनेर गयो एकातिर भारतीय विस्तारवादका विरुद्ध सुरुङयुद्धको घोषणा गरिएको थियो, अर्कोतिर आन्तरिक एकता कमजोर बन्दै गएको थियो पार्टी फूटका हल्ला चलेका थिए वर्गसंघर्ष अन्तरसंघर्ष समानान्तर रेखामा चलिरहेका थिए

 

द्वन्द्ववादका अनुसार एक समयमा एउटा मात्रै मुख्य हुन्छ एकै समयमा दुवै मुख्य बन्न सक्दैनन् आन्तरिक एकता कमजोर पार्ने, मनोवैज्ञानिक युद्ध तीव्र पार्ने, फौजी घेरा कस्ने दमन गर्ने रणनीति पुरानो सत्ताले बनाएको थियो त्यसैवेला शाही सेनाले अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक प्रशिक्षणमा अन्तरविरोधका विषयमा राखेका धारणाको टेप सार्वजनिक गर्‍यो त्यसले आन्तरिक एकता अरू कमजोर भएर गयो फुन्टिवाङ बैठकमा बाबुराम भट्टराई, दीनानाथ शर्मालगायतका नेतामाथि कारबाही भएपछि अन्तरविरोध उत्कर्षमा पुग्यो त्यही कठिन क्षणमा शाही सेना भारतीय विस्तारवादले घेरा कस्दै लगे पार्टीभित्र दुई लाईन संघर्ष र वर्ग संघर्षमा नया कार्यदिशाको विकासको आवश्यकताले पैदा भएका चुनौती थिए, ती समस्या चुनवाङ बैठकले ती समस्याको तत्कालीन समाधान गर्‍यो  पार्टी नयाँ ढंगले अगाडि बढ्यो फेरि दुस्मनका घेरा तोडियो

 

०६४ को बालाजु विस्तारित बैठकसम्म आइपुग्दा फेरि नयाँ समस्या पैदा भएको महसुस गरियो ०६५ को खरिपाटी भेलासम्म आइपुग्दा आन्तरिक एकता चुनौतिपूर्ण बनेर गएको थियो पार्टीमा फूटका खतरा देखिए तर, खरिपाटी भेलाले नयाँ कार्यदिशाद्वारा समस्याको समाधान गर्‍यो 

 

०६६ वैशाखमा कटवाल कारबाही प्रकरणले पार्टीलाई फेरि अर्को अप्ठ्यारो परिस्थितिमा पुर्‍याएको  कटवाललाई कारबाही नगर्दा माआवादी पार्टी संसदको निरीह गुलाम बन्ने खतरा थियो कारबाही गर्दा शान्तिप्रक्रिया भंग हुने स्थिति थियो अगाडि बढ्नु विपत्तिमय थियो भने पछाडि हट्नु आत्मघाती हुन्थ्यो पार्टीभित्र विपत्तिको सामना गर्न खोज्दा अथाह संसदीय दलदलमा फसिने खतरा त्यसैले संसद् संसदीय प्रक्रिया बाहिर दुवैतिरबाट यसको खतरा त्यसैले, दुबैतिरबाट यसको निकास खोज्ने चुनौती हामीसामु

 

हाम्राअगाडि असजिलो परिस्थिति पैदा भइरहेकै वेला कांग्रेस तथा पुराना सत्ताधारीले माओवादीविरोधी भण्डाफोर अभियानलाई तीव्र पारेका छन् प्रतिक्रियावादीका अपराध षड्यन्त्रका पोका हामीस पनि नभएका होइनन् संकटकाल चलिरहेका वेला कांग्रेसका उच्च नेताहरूसँ हाम्रो भेटघाट चलिरहेको हुन्थ्यो अर्जुननरसिंह केसीले हामीस रामशरण महतको सफाया गरिदिनूस्, हामीले के कति सहयोग गर्नुपर्छ गर्छौंभन्थे । रामशरण महत पक्षले अर्जुननरसिंह केसीको सर्न्दर्भमा त्यसै भन्थे

 

संकटकालकै समयमा बागमती उपत्यकाको जनमुक्ति सेनाको विशेष कार्यदल (एसटिएफ) ले सुशील कोइरालाको निवासमा चेतावनी स्वरूप सामान्य कारबाही गर्‍यो त्यो कारबाहीलगत्तै शेरबहादुर देउवापक्षलेसफाया गर्नुपथ्र्यो, बेकार जिस्काउनु मात्र भयोभन्थे हरेक राजनीतिक छलफलमा खुमबहादुर खड्का भनेमलाई के फाइदा हुन्छ ?’ भनिरहन्थे यस्ता अपराधीले के माओवादीका विरुद्ध रणनीति बनाएका थिएनन् ? विरोधीका विरुद्ध हावी हुने रणनीति कसले बनाउदैन ? त्यसैले कटवाल गुटको योजनामा माओवादीका विरुद्ध भण्डाफोर चलाइन्छ भने विगतका कथाहरू, पुरानो संरचनाका अपराधका पोकाहरू खोल्ने अधिकार हामीसँ पनि तर, हामी पुराना सन्दर्भ खोतल्न भन्दा वर्तमानका चुनौती निकासका विषयमा केन्द्रित हुनुलाई कर्तव्य ठान्छौं (लेखक माओवादीका केन्द्रीय सदस्य हुन् )

(३० वैशाख २०६६ बुधबार, Wednesday, May 13, 2009 को जनआस्था साप्ताहिकबाट साभार)

तपाइँको प्रतिक्रिया