किन भेटे माधव नेपाल र उपेन्द्रले सुटुक्क प्रधानमन्त्रीलाई ?

नयाँ सरकार बनाउने बिभिन्न खेल र अड्कलबाजी भैरहेका बेला गोप्य बैठक र मन्त्रणा अनि तानातान खुब चलिरहेको छ पार्टीहरुभित्र । कोहि कोट सिलाएर बसेका छन् मन्त्री भएर रातो झण्डा हल्लाउँला भन्ने दाउमा । कुर्सीमा पुग्न सबको दौडधुप चलिरहेका बेला नयाँ सरकारको प्रधानमन्त्री हुने पंक्तिमा सबैभन्दा अगाडि उभिएका नेकपा एमालेका हरुवा सभासद माधवकुमार नेपाल र मधेशी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सुटुक्क भेटेका छन् काम चलाउ प्रधानमन्त्री प्रचण्डलाई । तर उनीहरुले काम चलाउ प्रधानमन्त्रीका रुपमा भन्दा पनि एकिक्रित नेकपा (माओवादी) का अध्यक्षका रुपमा भेटेका हुन् प्रचण्डलाई

 

संसदको सबै भन्दा ठुलो दल बाहिर रह्यो भने सरकार चलाउन कठिन मात्रै होइन निक्कै मुस्किल पर्छ भन्ने ठानेरै होला भेटमा ति दुबै नेताले प्रचण्डलाई अब बन्ने सरकारमा सहभागि हुन आग्रह गरेको नेपालप्लस स्रोतले जनाएको छ । छलफलका क्रममा प्रचण्डले भने आफ्नो पार्टी सरकारमा सहभागि नहुने अडान दोहोर्‍याएका थिए । सरकारमा सहभागि हुन अस्विकार गरेका प्रचण्डको नेता नेपालसमक्ष शर्त थियो-सरकारमा सहभागि हुने प्रस्ताब राख्नु भन्दा पहिले नेकपा (एमाले) ले प्रधानसेनापती रुक्मांगत कटुवाललाई पुनर्वहाली गर्ने राष्ट्रपतीको कुको सार्वजनिकरुपले निन्द्रा गर्नुपर्छ ।

 

त्यसपछि माधव नेपालको  जवाफ थियो-यो मुद्दा अहिले सर्बोच्च अदालतमा पुगिसकेको छ । अब त्यसकोलागि के गर्ने कुनै निर्णय गर्नुपूर्व सबैले सर्बोच्च अदालतको निर्णय पर्खिनुपर्ने बाध्यता छ । उनले १८ वटा पार्टीको निर्णय म एक्लैले कसरि उल्ट्याएर निर्णय गर्न सक्छु भन्ने प्रश्नपनि प्रचण्डलाई गरेका थिए ।

 

उता मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलेपनि प्रचण्डलाई नयाँ सरकारमा आउन आग्रह गरेका थिए । तर प्रचण्डले माधवकुमार नेपाललाई जे शर्त राखे यादवलाईपनि त्यहि शर्त राखेका थिए । अहिलेको सरकार बिदेशी दबाब र चलखेलबाट बन्न लागेको, ब्रिहद शान्ति संझौता भत्काउन लागेको र राष्ट्रपतीको कुले नागरिक सर्बोच्चता माथि धावा बोली सैनिकिकरण गर्न लागेकाले यस्तो सरकारलाई सहयोग गर्न नहुने अडान प्रचण्डले यादवलाई सुनाएका थिए ।

 

आजै प्रचण्डसँगको भेटपछि माधव नेपाल नेपाली कांग्रेसका सभापती गिरिजाप्रसाद कोइरालालाई भेट्न पुगेका छन् । कोइराला र नेपाल बिच के छलफल भयो सार्वजनिक भैसकेको छैन ।

तपाइँको प्रतिक्रिया