नेपालीको शिर

गिता थापा, ईजरायल

 

p31100151

नेपाली हुँ म जहाँ गएपनि शिर मेरो झुक्दैन

 

श्रदा र भक्ती साथै छ मेरो कहिँ गए लुक्दैन

 

छोरी हुँ म वीर नेपालीकी नेपाल रूँदा रुन्छु

 

नेपालको शिर लाजले झुके  म कहाँ खुशी हुन्छु

 

नेपाली हुँ म अरुको हाँसो खोसेर हाँस्दिन

 

गल्तिले कहिले शिर मेरो झुके खुशीले बाँच्दिन  

 

पौरखी हात छन गरेर खाने मरेर जाँदा के छ र लाने

 

साहसी छाती दरो छ अझै जहाँ जाँदा पनि साथै जाने       

तपाइँको प्रतिक्रिया