रहेनन् नेपाल र नेपालीका एक अशल फ्रान्सेली मित्र
जँ पियर मेर्सिए नागरिकताले फ्रान्सेली हुन् । तर कर्मले उनी नेपाली हुन् । उनले झण्डै झण्डै आफ्नो जिवनको महत्वपूर्ण उर्जाशिल समय नेपाल र नेपालीको सेवामा बिताएका थिए । सोलुखुम्बु जिल्लालाई आफ्नो सेवाको कर्मथलो बनाएका उनले त्यहाँ क्याम्स मात्रै खोलेनन् कि खाने पानी, सौर्य उर्जाबाट बत्ति र करिब एक करोड नेपाली रुपियाँको लागतमा झलुंगे पूलसमेत बनाएका थिए । तिनै नेपालका एक सच्चा मित्रलाई नेपालीले गुमाउनु परेको छ । उपचारकै क्रममा ६६ वर्षको उमेरमा उनको यहि जनवरि १० का दिन दुखद निधन भएको हो ।
लामो समयदेखि उनी छाती, कलेजो र मस्तिस्कको बिरामीपनि थिए । उनको पटक पटक शल्यक्रिया गरिएको थियो । पछिल्लो समय रोगले गाँजेपछि उनको पेरिसस्थित अस्पत्तालमा उपचार हुँदै आएको थियो । उपचारकै क्रममा उनको दुखद निधन भएको उनका परिवारले जानकारि दिएका छन् ।
बिकट पहाडी जिल्लाका जनताको सेवा गर्न उनले नेपाल ए भु (नेपाल र तपाई) एसोसिएसन खोलि उनले फ्रान्समा दान र अन्य सहयोग जम्मा पार्थे । नेपाल साँझ र नेपाल चिनाउने मेला आयोजना गर्थे । उनले नेपाल प्रेमी फ्रान्सेली र अन्य संघसंस्थासित सहयोग उठाउँथे । त्यो सहयोग रकमले नेपालका वालवालिका पढाउने, शिक्षकहरुलाई मासिक तलब दिने, कक्षा कोठाहरु निर्मण गर्ने, धारो बनाइदिने लगायतका सामाजिक काम गर्दै आएका थिए । रकम जम्मा गर्ने उद्देश्यले नेपाली खाना चखाएर रकम उठाउने, नेपाली सांस्क्रितिक कार्यक्रम आयोजना गर्ने र नेपालबाट हस्तकलाका सामानहरु ल्याएर फ्रान्सेलीहरुलाई बिक्रि गर्थे । नेपाल चिनाउन बिभिन्न पर्यटन संवन्धि कार्यक्रम गर्थे । पेरिसबाट करिब ६२ किमी दूरीको मोतातेयर गाउँ निवाशी उनी त्यस क्षेत्रको नगरपालिका र डिपार्टमेन्ट (अन्चल भन्न सकिने) को कार्यकारी बोर्ड सदस्यपनि थिए ।
म्रिदुभाषी, सरल, मेहनती र आफ्नो काम र उद्देश्यमा निर्दिस्ट ब्यवहारका उनी त्यस क्षेत्रकै प्रसिद्द ब्यक्तिपनि थिए । त्यसैले उनले अयोजना गर्ने नेपाली कार्यक्रममा सांसद, मन्त्री र अन्य उच्च ओहदाका ब्यक्तिहरुको सहभागित हुने गर्थ्यो । फ्रान्सेलीहरु जम्मा पारेर उनले नेपालमा पदयात्राका गर्नकालागि प्रवर्धनसमेत गर्दै आएका थिए ।
उनी कतिसम्म नेपाल प्रेमी थिए भने उनले आफ्ना परिवारलाई आफ्नो अस्तु नेपालमा लगेर सेलाउने इच्क्षा राखेका थिए । उनको इच्क्षा अनुसार उनको अस्तु नेपाल लगेर सेलाइने छ । आउने बुधवार साँढे दश बजे विहान सँ सोभ अ भन्ने ठाउँमा उनलाई अन्त्यस्टि गरिने छ । सोहि दिन अपरान्ह पाँच बजे उनैको गाउँ मोतातेयरको साल दला लिबेरास्सियों भन्ने हलमा श्रद्दान्जली दिने कार्यक्रम छ । उनकी पत्नी ब्रिजिटिट मेर्सिए, एक छोरा र एक छोरी छन् । उनकी पत्नी ब्रिजिट र छोरा पिएरिकलेपनि नेपाल ए भुमार्फत नेपालको सेवा गर्दै आएका छन् । उनको दुखद निधनबट नेपाल र नेपालीले एक असल मित्र गुमाएका छन् । सोलुखुम्बुका मात्रै होइन धेरै नेपालीले उनको सदा स्मरण गर्ने छन् । यस दुख घडिमा उहाँप्रति हार्दिक श्राद्दन्जली र शोक सम्तप्त परिवारमा समवेदना !!
उनले गरेका केहि काम र उनको बारेमा थप जान्ने भए तलका रिपोर्टहरु हेर्नुस्
फ्रान्सेलीले बनाइदिए नेपालमा झोलुंगे पूल
नेपालमा झोलुंगे पुल बनाउन फ्रान्समा नेपाली साँझ













