फ्रान्सको हिमालमा अन्तर्राष्ट्रिय म्याराथन, नेपाली चेली तेस्रो
फ्रान्स हिमाली क्षेत्रमा यहि साता अन्तर्राष्ट्रिय म्याराथन भयो । त्यसमा नेपालका तर्फबाट मनिकला राईले भाग लिएकि थिईन । म्याराथनमा उनी सयौंलाई उछिनेर तेस्रो बनेकी छन् । नेपाल लेखेको हिममा लगाउने कमिज लगाएकि उनले दौडमा जाँदा नेपालको झण्डा बोकेकि थिईन । उनका समर्थक, हितैषी र फ्रान्सेली मित्रहरु उनलाई हौशला दिन म्याराथन शुरु हुने स्थलसम्म पुगेका थिए ।
फ्रान्सको बेसँस भन्ने हिमाली क्षेत्र हिम चिप्लेटी खेलका लागि प्रसिद्द ठाउँ हो । यहाँ जाडो याममा हिउँले ढाकेको हुन्छ । स्की खेलका पारखिहरुकालागि प्रसिद्द यो क्षेत्रमा १० किमी लामो म्याराथन प्रतिस्पर्धा राखिएको थियो । युरोप लगायत अन्य धेरै मुलुकका हस्तीहरुले यसमा भाग लिएका थिए । नेपालको तर्फबाट मनिकला राईले भाग लिएकी हुन् ।
तेस्रो स्थानमा बिजयी भएकि उनलाई आयोजकहरुले पुरस्कार दिँदै भविष्यमा अझै महत्वपूर्ण सफलता हाशिल गर्न शुभकामना दिएका थिए ।
दौडमा उनले उछिनेर धेरैलाई पछाडि पारेपछि नेपाल र मनिकलाका शुभेच्क्षुकहरुले ‘ओ नेपाल नेपाल, मनिकला’ भन्दै कराएका थिए । हिमाली देश नेपाल पुगेका र सुनेका धेरैले उनलाई ढाडस दिएका थिए ।
यस्ता हिमाली क्षेत्रमा जाडोयामका बेला हिउँको मार्गमा म्यारथन गर्नेहरु दौडमा एकदमै अनुभवी र दक्ष मानिन्छन् । किनभने हिउँले जमेको यस्ता अप्ठेरा बाटामा दौडने काम ज्यादै जोखिमपूर्ण त मानिन्छ । त्य्सैले यस्तो प्रतिस्पर्धामा सहभागि हुन सिप र अनुभवपनि लामै चाहिन्छ ।
अन्तर्राष्ट्रिय म्याराथनमा तेस्रो स्थान लिन सफल भएपछि उनी नेपालप्लससितको सम्पर्कमा आएकि थिईन् । यो प्रतिस्पर्धाका बारेमा जिज्ञासा राख्दा उनले भनिन् ‘मैले खासै ठूलो काम गरेको जस्तो लागेन । जम्मा तेस्रो स्थान ल्याएको हो । त्यो ठूलो कुरो होइन ।’ तर आफूले आफ्नै देशको झण्डा उचालेर धेरै सहभागिबिच देशको प्रतिनिधित्व गर्न पाउँदा भने खुशि लागेको बताइन् ।










