आफ्नो क्षेत्र आफैं बनाउन विश्वभरिका सुदूरपश्चिमेली एक जूट

dadeldhura

यातायातको असुविधा छ । अशिक्षाले त्यतै धेरै गाँजेको छ । छुवाछुत, छाउपडी र अन्य कुरुति त्यतै धेरै छन् । क्रिषीमा त्यहि पछि परेको छ । रोजगारी छैन । सरकारले हेर्दैन । एन जि ओ हरु आफ्नै कमाउ धन्दामा छन् । नेताहरु मत माग्ने बेला घरबारीमा पसेर हलो जोतेर जनताको दुखमा साथ दिएको नाटक र्छन् । सुदूरपश्चिमेलीको मन पगालेर मत लिन्छन् । जितेपछि तिनलाई सम्झिँदैनन् । प्राक्रितिक सौन्दर्यताले चित्ताकर्षक छ सुदूरपश्चिम । तर त्यतै पर्यटक कम जान्छन् । सरकारको योजनामा त्यो क्षेत्र पर्दैन । सुदूरपस्चिमेलीकालागि गरिदिने कोहि छैन । के सबै चुप लाग्ने ? आफैले नगरे कसैले गरिदिँदैन भन्ने बुझेर आफ्नो क्षेत्रको विकास गर्न विश्वभरिका सुदूरपश्चिमेलीहरु एक जूट भएका छन् ।

काम गर्नेलाई जहाँ बसेपनि केहिले छेक्दैन । आफ्नो क्षेत्रको विकास र सम्ब्रिकालगि त्यहिँका पहाडमै हुनुपर्छ भन्नेपनि छैन । विश्वको जुन कुनामा भएपनि आफ्नो समाज, क्षेत्र, गाउँ र जिल्लाको मुहार बदल्न केहि न केहि योगदान अवश्यै गर्न सकिन्छ । गुनासा र आरोपमा मात्रै अल्झिनुभन्दा आफूले सकेको गरेर परिवर्तन संभव हुन्छ । यहि बुझेका विश्वभरिका सुदूरपच्चिमेलीहरु एक जूट भएर समितिनै बनाएका छन् । तिनले सामाजिक सञ्जालबाट सामूहिक वार्ता गरि प्रवासबाटै समग्र सुदुरपश्चिमको विकासमा सहयोग पुर्याउने उदेश्यले ३५ सदस्यीय तदर्थ समितीको गठन गरेका छन् ।

तिनको उद्देश्य गफ गर्ने र खादा लगाएर निजि प्रचार गर्ने छैन । बरु सुदुरपश्चिमको पर्यटन तथा प्रबर्द्धनको प्रचारप्रसार गर्ने ।  स्वास्थ शिक्षा तथा रोजगारीको आधारभुत कुराकाे विकासमा जाेड दिने । सबै मिलेर समाजमा ब्याप्त कुरुती, विकृति, बिसंगती, रुढीबादी कुप्रथा बिरुद्ध जनचेतना जगाउने ।

समाजको प्रमुख उदेश्य अध्ययन, पेशा तथा व्यवसायको शिलशिलामा विश्वभर छरिएर रहेका सुदूरपश्चिमेली दाजुभाई तथा दिदीबहिनीहरुलाई आपसी मेलमिलाप, सदभाव, सहयोग, भाईचारा एबंम एकताको सुत्रमा बाँध्ने । देशमा हुने प्राकृतिक प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सक्दो सहयोग गर्ने । त्यति मात्रै हो र? आफ्नो भाषा, भेषभुषा, कला, संस्कृतिको जगेर्ना गर्ने ।

जापानको काेबे विश्वविद्यालयमा अध्ययनरत भरत नेगीको संयोजकत्वमा अन्तराष्ट्रिय नेपाली सुदुरपश्चिमेली समाजकाे नामबाट अनलाईन भेलाले समिती गठन गरेको हो ।

भेलामा जापानबाट आशिष रावल र पूर्ण चलाउने, कोरियाबाट कमल र धर्म राज जोशी,  युएइबाट लक्ष्मण अधिकारी र चेतन थापा छन् । मलेसियाबाट महेश राज भट्ट र प्रकाश देब भट्ट, बहराइनबाट शेर ब रावत र उमेश जोशी ।  पोर्चुगलबाट दिर्घ मल्ल र कुबेतबाट अमर खड्का छन् । त्यस्तै, अस्ट्रेलियाबाट महेश भण्डारी र केशब जोशी । क्यानडाबाट चक्र बलायर र जगदिस भट्ट ।  कतारबाट धन बहादुर बलायर । डेनमार्कबाट खेम जोशी र कबिता बिस्ट । अमेरिकाबाट रमेस भट्टराई र भारतबाट भरत थापा ।  मकाउबाट सोनु पन्थि र गिता नेपाली । इजरायलबाट सुमि शाही चयन भएका छन् ।

तपाइँको प्रतिक्रिया